प्रदेश

नयाँ भर्ना र परिक्षाफल प्रकाशनमा रोक,प्रअ बैठकको अनौपचारीक निर्णयमा ब्रेक



भैरहवा, १८ वैशाख । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थनगर नगरपालिकाले नगरभित्रका सबै विद्यालयको नयाँ भर्ना र बार्षिक परिक्षाफल रोक्न निर्देशन दिएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले भर्ना सुरु नगर्न र वार्षिक परिक्षाको नतिजा प्रकाशनको तयारी नगर्न गरेको निर्देशन विपरित काम हुन थालेको पाइएपछि सिद्धार्थनगर नगरपालिकाले नयाँ भर्ना र बार्षिक परिक्षाफल प्रकाशित नगर्न निर्देशन दिएको छ  ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लले नगर शिक्षा समितिको राय अनुसार उक्त निर्णय भएको बताउनु भयो । 

कोरोनाको महामारीको बेला लकडाउन कायम भएको अवस्थामा नगरले गरेको निर्देशन उपयुक्त नै भएको प्याब्सन नेपालका उपाध्यक्ष बिष्णु पन्थीले प्रतिकृया  दिनुभयो । उहाँले यतिबेला नयाँ भर्ना र परिक्षाफल प्रकाशन गर्दा झन समस्या आउन सक्ने भन्दै नगरले मात्र होइन सबै विद्यालयले रोक्नुपर्ने राय दिनुभयो ।

सिद्धार्थनगरमा १७ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय छन् । चैत ५ गते कक्षा ९ सम्मको परीक्षा सकिसकेको थियो । 

केही विद्यालयहरुले बार्षिक परिक्षाफल प्रकाशन गर्ने तयारी गरेको र भर्ना शुरु गरेको भन्ने सूचना आएपछि नगरका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको अनौपचारिक बैठक समेत बसेको बताइएको छ । 

नगरले अर्काे सूचना जारी नभएसम्म विद्यालयहरुले परिक्षाफल तयारी अवस्थामा राख्न अनुरोध गर्दै तत्काल प्रकाशन तथा नयाँ भर्ना नगर्न सामाजिक बिकास मन्त्रालयको निर्देशन अनुसार नगरले निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिनुभयो । 

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६