बागमती

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी रहिनन्



काठमाडौं, १९ बैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी अधिकारीको ८४ वर्र्षीय  उनको शुक्रवार निधन भएको हो ।  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा राती साढे २ बजे निधन भएको हो ।

            अधिकारीले राणाशासन विरुद्धको लडाइँमा गीत गाउँदै हिँडेकी थिइन् । उनले विसं २००६ मा रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन् । ‘जुनेली रात हजुर’, ‘जागे नेपाली उठे नेपाली’ लगायतका गीतमा स्वर दिएर चर्चामा रहेकी रानुदेवी शास्त्रीय संगीतमा रुचि राख्थिन् । अधिकारीको शुक्रवार बिहानै अन्त्यष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६