ब्रेकिंग न्युज

प्रदेश ५ : २ जनामा कोरोना सक्रमण पुष्टि



रुपन्देही १९ बैशाख । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। उनीहरूको उमेर २५ र ६० वर्ष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन्। उनीहरू दुबैको अवस्था सामान्य छ र स्वास्थ्यकर्मीको निगरानीमा छन्। योसँगै प्रदेश पाँचमा पनि कोरोनाको संक्रमण देखिएको छ। यसअघि प्रदेश पाँच र कर्णाली प्रदेशमा कोरोनाको संक्रमण देखिएको थिएन। अब नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। त्यसमध्ये १६ जना निको भइसकेका छन्।

स्रोत :सेतोपाटी

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६