प्रदेश

भारतवाट लुकीछिपी ठोकरी नाका हुदै आएका युवामा कोरोना संक्रमण , उनी कसरी आए र त्यसपछि के भयो ?


१९ बैशाख २०७७, शुक्रबार


बुटवल १९ बैशाख प्रदेश ५ कोरोना संक्रमणका हिसावले ग्रिनजोनमा परेको चर्चा भई रहदा रुपन्देहीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएपछि त्रास बढेको छ । यही वैशाख पहिलोसाता भारतको नयाँ दिल्लीबाट लुकिछिपी रुपन्देहीको कोटहीमाइ गाउँपालिकामा आएका २५ वर्षका युवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी घरमा आएपछि आफ्नै दाजुले कसैसंग नजिक हुन नदिई क्वारेण्टाइन पुराएको दावि गरिएको छ ।  तर ती युवासँगै अरु २ सय ४२ जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये १ सय ९ वटा नमूनाको काठमाडौमा र अरु नमूनाको रुपन्देहीस्थित प्रयोगशालामा परीक्षण भइरहेको छ ।

        रुपन्देहीमा संक्रमित व्यक्ति रहेको भए यी परीक्षणबाट पत्ता लाग्नेछ । संक्रमणको आशंका गरिएका स्थानमा रहेका क्वारेन्टाइनमा परीक्षण गरेकाले संक्रमित रहेरनरहेको केहीदिनभित्रै पत्ता लाग्ने प्रादेशिक प्रयोगशालाका  निमित्त प्रमुख डा राजेन्द्र गिरीले बताउनु भयो ।भारतको नयाँ दिल्लीबाट लुकिछिपी आएका उनी कोटहीमाइको क्वारेन्टाइनमा बसिरहेका थिए । उनको थ्रोट स्वाब परीक्षणका क्रममा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । उनको थ्रोट स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको थियो । उनलाई क्वारेन्टाइनबाट बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनु भयो ।

    वैशाख ५ गते ठोठरी नाकाबाट लुकिछिपी नेपाल आउनासाथ कोटहीमाईस्थित माझगावा आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो । भाईलाई लिन साईकल लिएर सीमासम्म गएका दाईलाई पनि क्वारेन्टाइनमा राखी अन्यको पनि ट्रेसिङ गरिरहेको  प्रयोगशालाका निमित्त प्रमुख समेत रहेका स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा .राजेन्द्र गिरीले बताउनु भयो  ।वैशाख १७ गते उनको थ्रोट स्वाबको नमूना टेकु प्रयोगशाला पठाइएको थियो ।  अहिले ती युवाको अवस्था सामान्य छ ।

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे