बागमती

चार बालबालिका दादुरा सङ्क्रमण , रोग विरुद्धको खोप सञ्चालन हुने



चितवन २० बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकामा आगामी मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको छ ।  सो नगरपालिकाका चारबालबालिकामा दादुरा सङ्क्रमण देखिएपछि खोप शुरु गर्न लागिएको हो । स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा खोप सञ्चालन गर्न लागिएको हो । ती वडामा रहेका नौ महिनादेखि १५ वर्ष उमेर समूहकालाई खोप लगाइने छ ।  वडामा रहेका करिब सात हजारलाई खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयकोे निर्देशिका अनुसार सामाजिक दूरी कायम गरी खोप लगाइने छ । नगरपालिका प्र्रमुख प्रभा बरालका अनुसार धादिङमा दादुराको सङ्क्रमण देखिएसँगै सिमाना जोडिएका वडामा रहेका बालबालिकादेखि युवासम्मलाई दादुराको सङ्क्रमण देखिएको हो ।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६