प्रदेश

विपन्नलाई राहतमा रोजगारी, श्रमकालागि खाद्यान्न कार्यक्रम शुरु



गुल्मी २० बैशाख   देश लकडाउनमा रहेका बेला गुल्मीको  धुर्कोट गाउँपालिकाले विपन्न परिवारलाई राहतमा रोजगारी दिन थालेकोछ ।  श्रमकलागि खाद्यान्न अन्तर्गत दोस्रो चरणको राहत स्वरुप रोजगारी दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले विपन्न तथा मजदुर परिवारको लागि सिधै राहत वितरण नगरी खाद्यान्नका लागि काम दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । श्रम गर्न मजदुर तथा विपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाई लगायतका क्षेत्रमा रोजगार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । काम गरेबापत राष्ट्रिय मापदण्डअनुसार पारिश्रमिक प्रदान गरिनेछ । 

        पहिलो चरणमा सात सय ७९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो । कोरोना भाइरसबाट बच्न गरिएको लकडाउलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी बढीमा पाचँ जनासम्मको समुह बनाई नजिकको स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए । 

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६