अर्घाखाँची २१ बैशाख । जंगली च्याउ खाएपछि बिरामी भएका एकै परिवारका चार जनामध्ये एक जनाको उपचारको क्रममा निधन भएको छ । अर्घाखाँची भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३० वर्षीया रामकला महत्राको उपचार गर्दागर्दै लुम्बिनी सिटी अस्पताल बुटवलमा शनिबार राति निधन भएको हो ।गम्भीर बिरामी उनकी ७ वर्षीया छोरी बिपा महत्रा, सासुआमा ५९ वर्षीया लालसरी महत्रा र २८ वर्षीया देउरानी लक्ष्मी महत्राको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको अर्घाखाँची प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि उनीहरुलाई शनिबार सन्धिखर्क अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल रिफर भएका थिए । रामकलाका ससुरा डोमबहादुरले च्याउ नखाएको पाइएको छ ।
२१ बैशाख २०७७, आइतबार
प्रतिक्रिया