प्रदेश

प्रेस स्वतन्त्रता दिवस : श्रमजीवि ऐन कार्यान्वयनमा नेकपाको जोड



कपिलवस्तु २१ वैशाख विश्व प्रेस स्वतन्त दिवसको अवसरमा नेकपा कपिलवस्तुले विज्ञप्ती मार्फत जनमुखी अभियानमा संचारकर्मीले पु¥याएको योगदानको प्रंशसा गर्दै शुभकामना सन्देश जारी गरेको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह विष्णुद्धारा जारी संयुक्त प्रेस विज्ञप्तीमा राजनैतिक परिवर्तन देखी सामाजिक रुपान्तरणको अभियानमा संचार जगतको प्रंशसनिय भुमिका रहेको उल्लेख गरिएको छ ।

        विज्ञप्तीमा नेकपा कपिलवस्तु कठिन अवस्थामा पनि पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जारी विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा आवाज विहिनको आवाज बाहिर ल्याउने शसक्त माध्यम बनेका संचारकर्र्मीको जीविकोपार्जनसंग जोडिएको श्रमजीवि ऐनलाई स्थानिय तहसम्म कार्यान्वयनमा ल्याउन नेकपा कपिलवस्तु सरोकारवाला निकायसंग अपिल गरेको छ । जारी विज्ञप्तीमा समृद्ध राष्ट्र निर्माणमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रका निम्ति नेकपा प्रतिवद्ध रहन्छ भनिएको नेकपा कपिलवस्तुका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।  

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६