प्रदेश

चिनको सहयोग प्रदेश ५ र बाग्मति प्रदेशलाई,स्वास्थ्य समाग्री अइपुग्यो


२२ बैशाख २०७७, सोमबार


बुटवल २२ बैसाख   चिनको एक प्रान्तिय सरकारले नेपालका २ वटा प्रदेश सरकारकालगि स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय चिकित्सक संघ नेपालको समन्वयमा चिनको कान्सु प्रान्त सरकारले उपलब्ध गराएको स्वास्थ सामग्री  आएको हो । उक्त सामग्री चीन सरकार कान्सु प्रान्त सरकारको सहयोग र राष्ट्रिय चिकित्सक संघ नेपाल  लुम्बिनी शाखाको संयोजनमा नेपाल ल्याईएको हो ।

    बिश्वब्यापी फैलिएको का  १९ नियन्त्रणका लागि  राहत सामाग्रीहरु २० हजार थान सर्जिकल मास्क र १ हजर सेट सेट पिपिई  रहेको राष्ट्रिय चिकित्सक संघका केन्द्रीय सदस्य डाक्टर सम्राट पराजुलीले बताउनु भयो ।  आइतवार काठमाडौं आईपुगेका ती सामग्रीहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत बागमती प्रदेश सरकाारलाई हस्तान्तरण  गरिएको छ भने  पाँच न प्रदेशका लागि आएका सामग्रीहरु मंगलबार सामाजिक बिकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरिने छ ।

        नेपालका दुईवटा प्रदेशमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई लक्षित गरि चीनको कान्सु प्रान्त सरकारले उक्त  चिकित्सकिय सामाग्री उपलब्ध गराएको राष्ट्रिय चिकित्सक संघ लुम्बिनीका महासचिव डा सागर न्यौपानेले बताउनु भयो ।चिनिया सरकारका विभिन्न प्रान्तिय सरकारले धमाधम सहयोग जारी राखेका हुन् । 

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे