काठमाडौं, २३ बैशाख । नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यससँगै कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र वर्ष ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सातै जनाको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि एकै दिन १६ जनामा संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि लागू हुने गरी ३ दिनसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र तोकिएको छ ।
प्रतिक्रिया