बागमती

नगरपालिको आन्तरिक खर्चबाट कारोना भाइरसको बीमा



काठमाडौं, २४ बैशाख । नगरपालिकाको आन्तरिक खर्चबाट व्यहोर्ने गरी एक नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा खटिनेहरुका लागि विमा गरिदिएको छ ।  चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बीमा गरेको छ । सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति रु दश लाखको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ । 

        नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बीमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । उक्त बीमाअन्तर्गत प्रतिव्यक्ति रु ६ लाख बराबरको सामूहिक दुर्घटना बीमा, रु एक लाख बराबरको औषधोपचार बीमा, रु दुई लाख बराबरको घातक रोग बीमा र रु एक लाख बराबरको कोभिड–१९ रोग बीमा  समावेश गरी बीमा गरिएको उहाँले जानकारी दिनुभयो । गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बीमा गर्नै निर्णय गरेको थियो । चन्द्रागिरीले गरेको उक्त कार्यको प्रसंसा हुन थालेको छ ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६