प्रदेश

सिमाका नेपालीवारे निकास निकाल्ने गृहृमन्त्री थापाको आश्वासन, अलपत्र नेपालीको दुखमा मौन बस्न सकिन्न :न्यौपाने



कपिलवस्तु २७ बैशाख  नेकपाका कपिलवस्तु इन्चार्ज एवम केन्द्रिय नेता गिरधारीलाल न्यौपानेले सिमामा केहिदिन यता अलपत्र परेका नेपालीवारे सरकार जिम्मेवार बन्न र समस्या सुल्झाउन गृहमन्त्री राम वहादुर थापालाई  आग्रह गर्नु भएको छ । शनिवार विहान टेलिफोन संवाद मार्फत इन्चार्ज न्यौपानेले गृहमन्त्री समक्ष सिमामा अलपत्र नेपालीवारे कुरा गरेको प्रेसपाटीलाई जानककारी दिनुभयो । उहाले भन्नु भयो दशगजामा टेण्ट टागेर राख्दैमा समस्या समाधान हुने होइन झन जटिल बन्छ त्यसैले नेपाल ल्याएर सम्वन्धित जिल्ला र स्थानीय पालिकामा पठाउनु पर्छ यसमा ढिला नगरौ भनेर गृहमन्त्री थापालाई भनेको न्यौपानेले प्रष्टाउनु भयो । 

  गृहमन्त्री थापाले क्याविनेट बैठकवाट निर्णय भएर सिमासिल गरिएकाले आफू एक्लैले सो निर्णय  बदल्न नसक्ने वताउदै अपलत्र नेपालीवारे केहि फरक निकास छिटटै निकाल्ने गृहमन्त्री थापाले आश्वासन दिनु भएको न्यौपानेले जानकारी दिनु भयो । उच्च राजनैतिक श्रोतका अनुसार सरकारले औपचारीक रुपमा सिमा खोल्ने निर्णय गर्न  मिल्दैन तर स्थानीय सरकारको अग्रसरतामा जिल्ला र पालिका भित्रका क्वारेण्टाइन सम्म लैजान संघिय सरकार उदार हुन सक्नेछ । सेही अुनसारको आन्तरीक जानकारी सिडियो कार्यलयमा छिटटै आउन सक्ने वताइएको छ । यता कपिलवस्तु सिमामा १३ सय  जना नेपाली ६ वटा नाकामा रहेका छन् । सबैभन्दा धेरै मर्यादपुर र कृष्णनगर नाकामा रहेको वताइन्छ ।ती मध्ये ९० प्रतिशत कपिलवस्तुका रहेकाछन् भने १० प्रतिशत जति छिमेकी अन्य जिल्लाका रहेको  त्यहा रहेका  दिनेश अग्रहरीले टेलिफोन मार्फत प्रेसपाटीलाई वताए ।  

काठमाण्डौमा रहनु भएकी राष्ट्रियसभा सदस्य एवम नेकपाकी केन्द्रिय नेतृ बिमला घिमिरेले आफूले प्रधानमन्त्रीको निजी सचिवालयमा पुगेरै गंभिर ढंगले ध्यानाकृष्ट गराएको बताउनु भयो । सिमामा रहेका नेपालीवारे आवश्यक निर्णय लिन ढिला गर्न नहुने भनेर भनेकी छु समय पाएमा प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकृष्ट गराउने कोशिस गरेकी छु  घिमिरेले प्रेसपाटीलाई जानकारी दिनु भयो । 

        यता नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल पनि सिमानामा दिनभर रोक्ने रातीको समयमा प्रहरीलाई छलेर जिल्ला भित्र प्रबेश गर्ने कार्यले कपिलवस्तुमा महामारी आउने निश्चित भएको वताउदै उनीहरुको सहि ब्यवस्थापन हुनुपर्ने स्पष्ट पार्नु भयो । सरकारले भारतमा राख्ने सहमति गरेको भए भारतीय क्वारेण्टाइनमा पठाउनु पर्छ होइन भने स्थानीय पालिकाका क्वारेण्टाइनमा ल्याएर राख्न प्रशासनले सघाउनु पर्छ भन्दै कपिलवस्तुका प्रजिअ दिर्घनारायण पौडेललाई आवश्यक निकास तत्काल दिन आग्रह गरेको वताउनु भयो ।

        अर्काे तर्फ प्रदेश साँसद विष्णु पन्थीले जसरी अलपत्र मजदुरको ब्यवस्थापनमा स्थानीयतह अग्रसर भएर समस्या समाधान भयो त्यसरी नै सिमाका नेपालीको समस्या पनि समाधान गर्न लागि हाल्नु पर्ने औल्याउनु भयो । जति नेपाली नागरिक रोक्ने भनेर वहानावाजी हुन्छ  त्यति धेरै कोरोना संक्रमण छिटो भित्रन्छ भन्दै उनीहरुलाई ल्याएर क्वारेण्टाइन नराख्ने हो भने छलेर आउने लुकेर बस्ने वाहेक के पो बिकल्प हुन्छ र सांसद पन्थीले तर्क गर्नु भयो । यो भनेको कारोना भित्राउनु वाहेक के हुन सक्छ उहाको भनाइछ । 

प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६