प्रदेश

सिमानामा अलपत्रलाई उद्धार गर्न ५ सदस्यीय कार्यदल,क्वारेण्टाइनको क्षमता उच्च पार्ने निर्णय



कपिलवस्तु २९ वैशाख भारतवाट आएर सिमाना वा नेपाली भूभागमा अलपत्र परेका बाणगंगाका वासिन्दाकालागि नगरपालिकाले उद्धार गरी क्वारेण्टाइन सम्म पुराउन ५ सदस्यीय कार्यदल गठन गरेको छ । साथै वाहिरबाट आउने अलपत्र नागरिकलाई यथाशिघ क्वारेन्टाइनमा पुर्याउन सहयोग गर्नका लागि नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा ५ सदस्सीय टोली समेत गठन गरेको हो  । समितिमा  वडा नं ५ का अध्यक्ष भिष्मराज भुषाल , वडा नं ४ का कअध्यक्ष गणेश क्षेत्री , वडा नं ११ का अध्यक्ष  सोमनाथ अर्याल र स्वास्थ्यकर्मी भक्तिराम पन्थि रहनु भएको छ । 

        कपिलवस्तुमा कोरोना संक्रमित बढ्न थालेपछि बाणगंगा नगरपालिका कपिलवस्तुले लकडाउनलाई थप कडाई गरेको छ । सोमवार बसेको नगरकार्यपालिकाको वैठकले लकडाउनलाई थप कडाई गर्दै भोली अर्थात् वैशाख ३० गते देखि जेठ १ गते सम्म औषधी पसल बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले प्रेसपाटीलाई जानकारी दिनु भयो । यता नगरक्षेत्र भित्र  माइकिङ गर्ने व्यवस्था  र स्थानिय रेडियोहरुमा पनि सन्देशमुलक सुचना प्रवाह गर्ने नगरले निर्णय गरेको छ ।     

        सबै नागरिकको सुरक्षाका लागि कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको बताउदै सबै नागरिकले लकडाउनलाई पुर्ण पालना गरि आफु बच्न र अरुलाई पनि बचाउन सबै नगरबासीलाई उपमेयर अर्यालले अनुरोध समेत गर्नु भएको छ ।  नगरले क्वारेन्टाइनको क्षमतालाई समेत बढाएर १ सय वेड बनाउन लागेको छ । सबै नागरिकलाई सुरक्षित राख्नका लागि नगरका ११ वटै वडामा कोरोना भाइरस बाट बच्ने उपायहरुको जानकारी सहित सन्देशमुलक जिल्लामा कोरोना संक्रमितको संख्या १५ पुगेकोछ  । 

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६