कपिलवस्तु २९ वैशाख ।भारतवाट आएर सिमाना वा नेपाली भूभागमा अलपत्र परेका बाणगंगाका वासिन्दाकालागि नगरपालिकाले उद्धार गरी क्वारेण्टाइन सम्म पुराउन ५ सदस्यीय कार्यदल गठन गरेको छ । साथै वाहिरबाट आउने अलपत्र नागरिकलाई यथाशिघ क्वारेन्टाइनमा पुर्याउन सहयोग गर्नका लागि नगर प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा ५ सदस्सीय टोली समेत गठन गरेको हो । समितिमा वडा नं ५ का अध्यक्ष भिष्मराज भुषाल , वडा नं ४ का कअध्यक्ष गणेश क्षेत्री , वडा नं ११ का अध्यक्ष सोमनाथ अर्याल र स्वास्थ्यकर्मी भक्तिराम पन्थि रहनु भएको छ ।
कपिलवस्तुमा कोरोना संक्रमित बढ्न थालेपछि बाणगंगा नगरपालिका कपिलवस्तुले लकडाउनलाई थप कडाई गरेको छ । सोमवार बसेको नगरकार्यपालिकाको वैठकले लकडाउनलाई थप कडाई गर्दै भोली अर्थात् वैशाख ३० गते देखि जेठ १ गते सम्म औषधी पसल बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले प्रेसपाटीलाई जानकारी दिनु भयो । यता नगरक्षेत्र भित्र माइकिङ गर्ने व्यवस्था र स्थानिय रेडियोहरुमा पनि सन्देशमुलक सुचना प्रवाह गर्ने नगरले निर्णय गरेको छ ।
सबै नागरिकको सुरक्षाका लागि कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको बताउदै सबै नागरिकले लकडाउनलाई पुर्ण पालना गरि आफु बच्न र अरुलाई पनि बचाउन सबै नगरबासीलाई उपमेयर अर्यालले अनुरोध समेत गर्नु भएको छ । नगरले क्वारेन्टाइनको क्षमतालाई समेत बढाएर १ सय वेड बनाउन लागेको छ । सबै नागरिकलाई सुरक्षित राख्नका लागि नगरका ११ वटै वडामा कोरोना भाइरस बाट बच्ने उपायहरुको जानकारी सहित सन्देशमुलक जिल्लामा कोरोना संक्रमितको संख्या १५ पुगेकोछ ।
प्रतिक्रिया