प्रदेश

वुद्धभुमीका सवै वार्डमा क्वारेनटाईन स्थापना हुने



वुद्धभुमी २९ बैशाख कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा २ जना कोरोना संक्रमण भए पछी सवै वार्डमा क्वारेन्टाईन स्थापना हुने भएको छ । आज नगरपालिकामा वसेको वैठकले सवै वार्डमा क्वारेनटाईन स्थापना गर्ने निर्णय गरेको हो । नगरपालिकाले २ नं वडामा रहेका गौतम वुद्ध मा विमा मात्र क्वारेनटाईन स्थापना भएको थियो ।             
      अव वन्ने क्वारेनटाइन राजमार्ग क्षेत्रका ५ वडामा ५० वेडका र दक्षिणी क्षेत्रका ५ वडामा १०० वेड क्षमताका क्वारेनटाईन स्थापना हुने बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले वताउनु भयो । गौतम वुद्ध मावि मा रहेको २ सय वेडको क्वारेन्टाईन नगर स्तरीय हुने वताईएको छ । सवै वार्डमा क्वारेन्टाईन स्थापना भए पछी नगरपालिकामा ९५० मानिसलाई क्वारेन्टाईनमा राख्न सकिने छ ।
    भारत तर्फ रोजगारीका लागी गएका कामदार चोरवाटो हुदै घर फर्किए पछी उनीहरुको व्यावस्थापनको लागी वडा वडामा क्वारेन्टाईन स्थापना गरेको वुद्धभुमी नगरपालिका स्वास्थ्य शाखा प्रमुख डोर विक्रम वेल्वासेले वताउनु भयो । नगरपालिकामा कोरोना संक्रमण देखीए पछी नगरले भारतवाट आउने नागरीकलाई निगरानी गर्न समेत सुरु गरीएको छ ।

        हाल क्वारेन्टाईनमा २ सय भन्दा वढी मानिसहरु रहेका छन । १२५ जनाको स्वाव परिक्षणका लागी पठाईएको थियो । वुद्धभुमीका २१ जनाको परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । नगरपालिकाले स्थानिय स्तरमा हुने विकास निमार्णका काम सवै रोक्ने निर्णय समेत गरेको छ । अती आवश्यक पसलहरु विहान ७ वजे देखी २ घण्टाको लागी मात्र खुल्ने भएको छ ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६