ब्रेकिंग न्युज

तौलिहवा अस्पत्तालकी नर्शमा कोरोना संक्रमण पुष्टि ,घरवाटै आवत जावत गर्ने नर्स संक्रमित



कपिलवस्तु ३० बैशाख । जिल्ला अस्पत्ताल चौलिहवामा कार्यरत   स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनु भयो । उहाका अनुसार नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन्।उनी तौलिहवाकै बासिन्दा हुन् । आफ्नै घरवाट आउने जाने गरेर काम गरेकाले यसले थप जटिल अवस्था श्रृजना गर्ने श्रोतले जनाएको छ ।

     अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएसँगै अस्पतालका अरु कर्मचारीहरुको परीक्षण गर्ने तयारी भएको छ।कपिलवस्तुमा मंगलबार दिउसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका हुन्। संक्रमितहरु वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १–१ जना रहेका छन्। उनीहरु १९ वर्षदेखि ३६ वर्षसम्मका छन्।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६