कपिलवस्तु, १२ मंसिर
स्थानीय उत्पादन, कला–संस्कृति र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै आयोजना हुन लागेको १७ औँ कपिलवस्तु महोत्सवमा यस वर्ष स्तूपा शैलीको प्रवेशद्वार, आकर्षक वाटरफल तथा फोटोसुट र टिकटकका लागि विशेष संरचना थपिने भएका छन्।
हरेक संस्करणमा नयाँपन दिने प्रयास हुँदै आएको महोत्सवलाई यसपटक व्यापार र मनोरञ्जनमा मात्र सीमित नराखी जिल्लाको कला, संस्कृति, स्थानीय प्रतिभा र पर्यटन पहिचान प्रवद्र्धनको साझा उत्सव बनाउने तयारी गरिएको छ।
महोत्सवका पूर्वनिर्देशक बुद्धिबहादुर रोका ‘दिनेश’का अनुसार स्थानीय व्यवसायीलाई विशेष छुटमा स्टल उपलब्ध गराइनेछ। महोत्सवको अर्को आकर्षणका रूपमा आइडल कार्यक्रम सञ्चालन गर्ने तयारी समेत भइरहेको छ।
त्यस्तै, पुरस्कार, सम्मान तथा छपाइ व्यवस्थापन समितिका संयोजक रामजी सेनले महोत्सवको आम्दानीबाट केही रकम सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको बताउनुभयो। उहाँका अनुसार महोत्सवको तयारी स्वरूप करिब ८० प्रतिशत छपाइ कार्य सम्पन्न भइसकेको छ। महोत्सवले जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजार विस्तार, पर्यटन प्रवद्र्धन र कला–संस्कृतिको संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया