खेलकुद

आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ्गङ शिल्ड प्रतियोगिता–२०८३ को शनिवार उद्घाटन



खेलकुदले प्रतिभा पहिचान र अनुशासन विकासमा टेवा पु¥याउने अपेक्षा रहेको नगर प्रमुख अर्यालको भनाई

बाणगंगा, ११ मंसिर

बाणगंगा नगरपालिकामा आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ्गङ शिल्ड प्रतियोगिता–२०८३ को तयारी पूरा भएको नगरपालिकाले जनाएको छ। नगरकार्यपालिकाको आयोजनामा मंसिर १२ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन शनिबार हुने नगरपालिकाका सहायक प्रशासकिय अधिकृत दिपक पाण्डेले जानकारी दिनु भयो ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले गर्ने कार्यक्रम रहेको सहायक प्रशासकिय अधिकृत पाण्डेले जानकारी दिनुभयो।
जनता मा.वि. पिपरामा हुने प्रतियोगितामा माध्यमिक तथा निम्न माध्यमिक तहका छात्र छात्राले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। विद्यालयस्तरमा रहेका खेल प्रतिभाको पहिचान, खेलकुदप्रतिको आकर्षण वृद्धि र विद्यार्थीमा अनुशासन, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नु प्रतियोगिताको महत्वपूर्ण उद्देश्य रहेको नगर प्रमुख अर्यालको भनई रहेको छ ।
यस्ता प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै स्थानीय स्तरबाटै दक्ष खेलाडी उत्पादन गर्ने आधार तयार पार्ने अपेक्षा गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रकाशित : १२ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६