ब्रेकिंग न्युज

बुद्धभूमि कपिलवस्तुको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा जोड अमेरिकी संस्थासँग सहकार्यको पहल



कपिलवस्तु, ११ मंसिर

कपिलवस्तुको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र बुद्ध परिपथको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कपिलवस्तु नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र, टेक्सास, अमेरिकाबीच सहकार्यका विषयमा छलफल भएको छ।


कपिलवस्तु नगरपालिका कार्यालयमा भएको छलफलमा भगवान् गौतम बुद्धको जीवनसँग प्रत्यक्ष जोडिएका लुम्बिनी, प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट लगायत ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।
बैठकमा बुद्ध परिपथ अन्तर्गतका धार्मिक तथा ऐतिहासिक स्थलको पर्यटन विकास, प्रभावकारी प्रचारप्रसार, सम्पदा संरक्षण र अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालनका सम्भावनाबारे विचारविमर्श गरिएको थियो। कपिलवस्तुको ऐतिहासिक महत्त्वलाई विश्व पर्यटन बजारसम्म पु¥याउन अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यलाई प्रभावकारी माध्यमका रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो।


कपिलवस्तु नगर प्रमुख सुदीप पौडेलले कपिलवस्तु भगवान् गौतम बुद्धको जीवनसँग जोडिएको विश्वकै महत्त्वपूर्ण ऐतिहासिक भूमि भएकाले यसको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्रसँगको सहकार्यले कपिलवस्तुको पर्यटन प्रवद्र्धन, ऐतिहासिक सम्पदाको प्रचारप्रसार र बुद्ध परिपथको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा नगर प्रमुख पौडेल, प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, वरिष्ठ प्रशासकीय अधिकृत पदम श्रेष्ठ र विनोद कुँवर, पर्यटन प्रवद्र्धक एवं समन्वयकर्ता तुलसीराम लामिछाने तथा नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र, टेक्सासकी अध्यक्ष सीता सापकोटा, नेपाल सरकारका पूर्वउपसचिव केशव पोख्रेल र पूजा चटौत लगायतको सहभागिता रहेको थियो।
कपिलवस्तुको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न यस्ता संस्थागत सहकार्यले नयाँ सम्भावनाको ढोका खोल्न सक्ने पर्यटन क्षेत्रका जानकार पोमनारायण पौडेलको भनाई रहेको छ । बुद्धसँग सम्बन्धित सम्पदाको संरक्षण, व्यवस्थित पूर्वाधार, प्रभावकारी प्रचारप्रसार र अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न सके कपिलवस्तु धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुन सक्ने पौडेलको भनाइ रहेको छ ।

प्रकाशित : १२ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६