ब्रेकिंग न्युज

कोरोना अस्पत्तालमा विरामीलाई बेड अभाव,२२० शैया थप्ने गृहकार्य :मन्त्री बराल



रुपन्देही ३० वैशाख । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना संक्रमितलाई राखेर उपचार गरिने बुटवल धागो कारखानाको कोरोना अस्थायी अस्पतालमा बेड अभाव भएको छ  । रुपन्देहीमा ९ जना र कपिलवस्तुमा ८ जना संक्रमित थपिएपछि उनीहरुलाई राख्न अस्पतालमा बेड अभाव भएको छ ।रुपन्देही  र कपिलवस्तुमा गरी दुई जिल्लाबाट दुई दिनमै १७ जना संक्रमित थपिएपछि कोरोना अस्पतालमा बेड अभाव भएको अस्पतालका कन्सलटेण्ट डा. सुदर्शन थापाले बताउनु भयो ।

        यता प्रदेश ५को सामाजिक विकास मन्त्री सुदर्शन बरालले तिलोत्तमामा २० बेडको कोरोना अस्थायी अस्पत्ताल र बुटवल स्थित शशस्त्रले प्रयोग गरेको भबनमा २०० बेड क्षमताको अस्पत्ताल २/३  दिनमै तयार पार्ने  प्रेसपाटी लाई जानकारी दिनु भयो । उहाँले अब थप बिरामी राख्न सक्ने अवस्था नरहेको बताउँदै भैरहवातिरको अस्पताललाई पनि कोरोनो संक्रमित उपचार गर्ने अस्पताल बढाउनु पर्ने बताउनु भयो ।अहिले बुटवलको कोरोना अस्थायी अस्पतालमा २८ जना संक्रमित उपचारका लागि राखिएका छन् ।

        जसमध्ये रुपन्देहीका ७ र कपिलवस्तुका २१ जनालाई राखिएको छ । कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा ३६ र आइसियुतर्फ थप ८ वटा बेड छन् । अब कोरोना अस्पतालमा आइसोलेसनतर्फ ८ वटा बेड मात्र बाँकी छ । आइसीयुमा अहिलेसम्म कसैलाई भर्ना नगरेपनि गम्भीर अवस्थाका बिरामीलाई मात्र राख्नुपर्ने डा. थापाको भनाई छ ।  यसैगरी भैरहवास्थित भीम अस्पतालमा कोरोना संक्रमण देखिएका बिरामीलाई राख्न २२ वटा आइसोलेसन बेड रहेको छ भने ५ वटा आइसीयुको व्यवस्था गरिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अस्पताल तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले धागो कारखानामा रहेको कोरोना अस्पतालमा छिट्टै सैया बढाइने बताउँदै मंगलवार फेला परेका संक्रमितको व्यवस्थापन त्यही गर्ने जानकारी दिनुभयो । बुटवल धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा ४० जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन ।

        उता रुपन्देहीमा मंगलबार थप ९ जना कोरोना संक्रमण भेटिएसंगै मर्चवार र लुम्बिनीका केही भागमा आवतजावत हुन सक्ने भन्दै सिमा नाकामा ‘मुभमेन्ट’ मा रोक लगाइएको छ ।हुलाकी राजमार्ग (बनगाई चोकदेखि पर्सासम्म) को दक्षिणतर्फ जाने सबै बाटोमा आवतजवातमा रोक लगाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिनुभयो । बनगाई चोकदेखि पर्सासम्मको दक्षिणीतर्फ मर्चवार र लुम्बिनीका क्षेत्र पर्दछन् । दक्षिण तर्फका क्षेत्र भारतसँग जोडिएका सीमा क्षेत्र हुन् । सीमा क्षेत्रमा बढी संक्रमित पुष्टि भएकाले संक्रमण फैलिनबाट रोक्नका लागि आवतजावतमा रोक लगाइएको उहाँको भनाई छ ।यस अघि हुलाकी राजमार्गदेखि दक्षिण तर्फका लुम्बिनी र मर्चवारका सात जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६