बागमती

दाङका कोरोना संक्रमित टिचिङ अस्पतालका स्वास्थ्यकर्मी



काठमाडौं, ३ जेठ । दाङमा शुक्रबार पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एक जना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।  तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेका छन् । 

        उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको हुन सक्न्ै अनुमान गरिएको छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टरलगायत ४९ र अन्य ३४ गरी ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बालिकाको सम्पर्कमा आएका टिचिङ्गका स्वास्थकर्मीहरुको नतिजा भने नेगेटिभ आएको छ ।

        स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।दाङमा कोरोना पोजेटिभ आएका अन्य दुई जना संक्रमित व्यक्ति दाङको गढवा गाउँपालिका–४ र ५ वडाका  हुन् । उनीहरु भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । तीन दिनअघि उनीहरु कृष्णनगरबाट गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्सबाट गढवा पुगेर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । 

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६