प्रदेश

कपिलवस्तु प्रशासन अझै कठोर बन्यो , जिल्लासील अन्तर्गत के के गर्न पाइन्छ ?



कपिलवस्तु ५ जेठ । कोरोनावाट कपिलवस्तुवसीलई जेगाउन जिल्ला प्रशासन कार्यलय कपिलवस्तु जिल्ला सील सहित अझै कठोर बनेकोछ ।  जेठ ५ सम्म बैशाख २९ देखि हुदै आएको जिल्लासीललाई वढाएर जेठ २० सम्म लम्वाइएकोछ । जिल्लासील अन्तर्गत अत्याबश्यक ढुवानीका साधनहरु मात्र  चल्न पाउने छन् । तर ती साधनले कसैलाई चढाउन र ओराल्न पाउने छैनन । यस्तै सबै प्रकारका उद्योग धन्दा कलकारखाना संचालन हुन पाउने छैनन। यतायातका कुनैपनि साधन चलाउन पाइने छैन ।

         कोहीपनि अनुमति बेगर सडकमा हिडडुल गर्न पाउने छैन । हरेक दिन विहान ७ देखि ९ सम्म खुल्दै आएका खाद्य पदार्थ र तरकारी विक्रीका पसल अव हप्तामा ३ दिन मात्र चल्न पाउने छन् । सोमवार बुधवार र शनिवार मात्र २ घण्टा खोल्न पाइनेछ । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जिल्ला सीललाई अझै कडाई गर्ने परिस्थती विकास भएकाले यस्तो कठोर निर्णय लिइएको प्रष्ट पार्नु भयो ।  जिल्ला सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरिएको हो । 

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६