कपिलवस्तु ५ जेठ । कोरोनावाट कपिलवस्तुवसीलई जेगाउन जिल्ला प्रशासन कार्यलय कपिलवस्तु जिल्ला सील सहित अझै कठोर बनेकोछ । जेठ ५ सम्म बैशाख २९ देखि हुदै आएको जिल्लासीललाई वढाएर जेठ २० सम्म लम्वाइएकोछ । जिल्लासील अन्तर्गत अत्याबश्यक ढुवानीका साधनहरु मात्र चल्न पाउने छन् । तर ती साधनले कसैलाई चढाउन र ओराल्न पाउने छैनन । यस्तै सबै प्रकारका उद्योग धन्दा कलकारखाना संचालन हुन पाउने छैनन। यतायातका कुनैपनि साधन चलाउन पाइने छैन ।
कोहीपनि अनुमति बेगर सडकमा हिडडुल गर्न पाउने छैन । हरेक दिन विहान ७ देखि ९ सम्म खुल्दै आएका खाद्य पदार्थ र तरकारी विक्रीका पसल अव हप्तामा ३ दिन मात्र चल्न पाउने छन् । सोमवार बुधवार र शनिवार मात्र २ घण्टा खोल्न पाइनेछ । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जिल्ला सीललाई अझै कडाई गर्ने परिस्थती विकास भएकाले यस्तो कठोर निर्णय लिइएको प्रष्ट पार्नु भयो । जिल्ला सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरिएको हो ।
प्रतिक्रिया