प्रदेश

हटस्पट अपडेट : आइशोलेशन राख्ने स्थान टुंगो नलाग्दै कोरोनाले नाङगो नाँच नाचेपछि तनाव र छटपटी



बाँके ५ जेठ बाँकेमा आइशोलेशन राख्ने स्थान  टुंगो लगाउन प्रशासनले बनाएको समितिले उपयुक्त स्थानको खोजी गरेको तर टुंगो नलागेको अवस्थामा  नरैनापुरमा कोरोनाले नाङगो नाँच नाचेपछि ब्यवस्थापनमा तनाव र  छटपटी पैदा गरेको छ । कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेपछि उनीहरुको व्यवस्थापन चुनौतिको रुपमा देखिएको छ । यसअघि भेटिएका ३३ कोरोना पोजेटिभ मध्ये ८ जनाको व्यवस्थापन बाँकेमा गर्न नसकेपछि नरैनापुरका ८ जनालाई दाङ पठाइएको थियो । नरैनापुरमा सोमबार थप ४७ मा कोरोना देखिएको छ ।

         यसअघि  १ जना कोभिडका बिरामीको तत्काल उपचार नहुँदा मृत्यु भएको तितो सत्य बाँके सँग छ । स्थानीयले एम्बुलेन्स चालकसँग पिपिइ  नभएपछि अस्पताल लैजानका लागि नमानेपछि २५ बर्षिय युवकले नरैनापुरको क्वारेन्टाइनमै ज्यान गुमाएका भन्दै स्थानीय आक्रोशित छन् ।

यसअघि ८ जनाको व्यवस्थापन हुन नसकेको बाँकेमा सोमबार भेटिएका ४७ संक्रमितलाई कहाँ राख्ने भने समस्या सिर्जना भएको छ । खजुराको कोरोना विशेष अस्पतालमा २६ जना छन् । त्यहाँ थप विरामीको व्यवस्थापन गर्न नसकिने यसअघि स्वास्थकर्मीले बताइएसकेका छन् ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले पनि ५० बढी कोरोना पोजेटिभ जिल्लामा भेटिएमा थप पूर्वाधार आवश्यक पर्ने बताइसकेका छन् ।नेपालगन्जमा डेन्टल अस्पताल कोरोना पोजेटिभ बिरामी राख्न प्रयोग गर्न सकिनेछ । तर, त्यहाँ व्यवस्थापन भै नकसेकाले नै नरैनापुरका पोजेटिभ दाङ पठाइएको थियो ।बाँकेका हरेक स्थानीय तहमा कोभिडका बिरामीका लागि एम्बुलेन्स तयार राख्ने भनेपछि तयार अवस्थामा छैन ।

        बाँकेमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलाई पीपीइ आवश्यक मात्रामा नभएपछि जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्रसँग स्वास्थ्य सामाग्री माग गरेको छ । तर, ती सामाग्री जिल्ला आइसकेको छैन । आज भेटिएका बिरामीलाई राख्ने अस्पताल, लैजाने स्वास्थ्यकर्मी, एम्बुलेन्सको पूर्व तयारी बाँकेमा भैसकेको छैन । प्रशासन, प्रहरी र स्वास्थ्य अधिकारीहरु कसरी कोरोनाको विरामीलाई व्यवस्थापन गर्ने भनेर अहिले छलफलमा जुटेका छन् । स्वास्थ्य तथा प्रशासनका अधिकारीसँग व्यवस्थापनबारे कुरा गर्न खोजिएपनि सम्पर्क प्रयास सफल हुन सकेको छैन ।

            हिजो आइतबार मात्रै जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले २ सय बेड क्षमताको आइसोलेसन अस्पताल बनाउनका लागि समिति बनाएएको छ । आइसोलेसन अस्पतालको नयाँ ठाउँ पहिचान नहुँदै बाँकेमा एकैपटक ठूलो संख्यामा कोरोना पोजेटिभ भेटिएका हुन् । बाँके कोरोनाको हटस्पट बनेको छ । बाँकेमा यसअघि ३४ कोरोना पोजेटिभ भेटिएकोमा सोमबार थप ४७ थपिएका हुन् । नेपालगन्जमा २५, नरैनापुरमा ५६ जना कोरोना पोजेटिभ भेटिइसकेका छन् । नरैनापुरमा एक जना कोभिड पोजेटिभको मृत्यु पनि भैसकेको छ । सोमबार भेटिएका ४७ बाहेक २५ को खजुराको कोरोना विशेष अस्पताल र ८ जनाको दाङमा उपचार भैरहेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६