ब्रेकिंग न्युज

क्वारेण्टाइनका महिला र बालवालिकालाई मानसिक तनाव,यी कुन मापदण्डका क्वारेण्टाइन हुन् ?



कपिलवस्तु  ६ जेठ कोरोना संक्रमणवाट जोगाउन निश्चित दिन सम्म चिकित्सकको निगरानी , सुरक्षा प्रबन्ध र पोषिलो खाना सहित  नागरीकहरुलाई राखिने क्वारेण्टाइनहरु कस्ता हुनु पर्छ एकातिर यसको राष्ट्रिय र अन्तराष्ट्रिय मापदण्ड छदैछ तर बास्तवमा क्वारेण्टइन कस्ता छन् भन्ने तथ्य खोज्न कपिलवस्तु नै काफीछ । ब्यवस्थित रुपमा संचालन भएका र सबै भन्दा अस्त ब्यस्त क्वारेण्टाइन रहेको जिल्ला समेत कपिलवस्तु नै बन्न पुगेको छ । क्वारेण्टाइनमा राखिएका मानिसहरु भेडावाख्रा थुने जस्तो अवस्थामा रहेको पाइएको छ ।


         तस्वीर :कपिलवस्तु नगरपालिका तौलिहवा ४ का क्वारेण्टाइन 

अस्तब्यस्त हुदा क्वारेण्टाइन छाडेर भागेको ,महिला वालवालिका र सुत्केरी मानसिक तनावमा परेको जस्ता विषयले यतिबेला राष्ट्रिय ध्यान कपिलवस्तु तर्फ खिचेका छन् । यहि जिल्ला भित्र गर्भवती र सुत्केरी महिलाका आइरन चक्की ,क्याल्सीयम र पोषिलो खानाका साथै  वालवालिकाका लागि  पौष्टिक आहार उपलब्ध गराउने पालिका पनि कपिलवस्तुमै रहेका छन् । कपिलवस्तुका १० बटै पालिकाका क्वारेण्टाइनको भित्रि पाटो यस्तो छ । 

        कपिलवस्तु नगरपालिकामा क्वारेण्टाइनमा रहेका महिला र बालवालिका समस्याग्रस्त बनेका छन् । एउटै क्वारेण्टाइनमा १ सय देखि १५० जना सम्मलाई भेडाबाख्रा जस्तै कोचेर राखेपछि उनीहरु समस्यामा परेका हुन् । त्यहा विभिन्न क्वारेण्टाइमा ९ सय जना रहेका छन् । त्यसमध्ये महिला २१ र बालवालिका ११ जना रहेका छन् । महिलाहरु मध्ये १ जना गर्भवती छन् । कपिलवस्तुका अन्य पालिकामा महिला र वालवालिकालाई अलग्गै कोठामा राखेर फरक सुविधा उपलब्ध गराएको जनप्रतिनिधीले दावी गरेका वखत कपिलवस्तु नगरपालिकाको यस्तो विकराल अवस्था वाहिर आएको हो ।


         तस्वीर :कपिलवस्तु नगरपालिका तौलिहवा ४ का क्वारेण्टाइन 

नगरका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले महिला र वालवालिकालाई अलग राख्न नसकिएको स्पष्ट पार्नु भयो । उहाले भन्नु भयो सबैले फोनवाट आदेश मात्रै दिनेहुन् । घरवाहिर निस्केर हेर्ने र समस्या समाधानमा सघाउने कोही छैन भन्दै अव क्वारेण्टाइनवाट मान्छेहरु विद्रोह गरेर भाग्ने स्थिती आएको छ उहाले वताउनु भयो । गर्भवती र वालवालिकालाई भीडभाडमा राख्नुको विकल्प छैन उहाले  भन्नु भयो । महिला र वालवालिकामा  मानसिक असर पुगेको वारे उहा त्यस्तो हेर्ने अवस्था अहिले होइन भन्नु भयो ।  कपिलवस्तु नगरपालिकामा महिलाका लागि काम गर्ने धेरै सस्थाहरु छन् । तर युएनएफपिएले महिलाका लागि मर्यादाकीट उपलब्ध गराउने वाहेक कसैले वास्ता गरेको छैन गुप्ताले भन्नु भयो । 

        यता बाणगंगको क्वारेण्टाइमा रहेका १०३ जना मध्ये ३ जना महिला छन् । एक जना गर्भवतीछन् । एक वालिका क्वारेण्टाइनमा छन्। उनीहरुकालागि अलग्गै कोठा ब्यवस्था गरिएको छ ।  आइरन चक्की र क्याल्सीयम उपलब्ध गराइएकोछ । वालवालिकालाई दुध र पौष्टिक आहार उपलब्ध गारइएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले  वताउनु भयो । महिला र वालवालिकाका लागि सिद्धार्थ सामाजिक विकास सस्थाले सुरक्षा प्याकेज उपलब्ध गराएको अध्यक्ष  तेज प्रसाद आचार्यले वताउनु भएको छ । 

        यस्तै बुद्धभूमीको क्वारेण्टाइनमा रहेका ५९३ मध्ये ३७ जना महिला छन् । जसमा गर्भवती १ र वालिका २ जना रहेका छन् । त्यहापनि अरुलाई भन्दा फरक सुविधा उपलब्ध भएको  स्वास्थ्य शाखा प्रमुख  डोल विक्रम बेल्वासेले वताउनु भयो । महिलाहरु अलग्गै छन् उहाले भन्नु भयो । शिवराजमा ३८९ जना क्वारेण्टइनमा रहेका मध्ये महिला २९  छन् । वालवालिका १२ जना मध्ये वालिका ७ जना छन् । कालिकाले सुआहारा कार्यक्रम अन्तर्गत लिटो अण्डा र दुध गर्भवती महिला र वालवालिकालाई उपलब्ध गरएको शिवराजका स्वास्थ्य शाखा प्रमुख चुरामणी भटाराइले वताउनु भयो । अलग्गै राख्ने गरिएको उहाको भनाइछ । 

        कृष्णनगरमा १०८३ जना क्वारेण्टाइमा छन् । २७ जना महिला मध्ये २ जना गर्भवती महिला छन् । वालवालिका ७ जना रहेका छन् । जस मध्ये १ वालिका हुन् । राष्ट्रिय मपदण्ड अनुसारको सुविधा बालवालिका र महिलाका लागि दिइएको स्वास्थ्य शाखा प्रमुख अनिल विश्वकर्माले जानकारी दिनु भयो । तर अलग अलग ब्यवस्था मिलाउन नसकिएको उहाको भनाइछ । महाराजगंज नगरपालिकामा  १५७५ जना क्वारेण्टाइनमा छन् । जसमध्ये महिला ५५ जना छन् । ४९ जनावालवालिका  रहेका छन्।त्यहा पनि धेरै नागरिक आएकाले पुरा ब्यवस्थित बनाउन नसकिएको तरखासै समस्या नआएको स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले वताउनु भयो।         यता विजयनगर गाउपालिकामा रहेका ६१३ जना मध्ये ३४ जना महिला छन् । गर्भवती १ जना रहेका छन् । वालवालिका २२  जना रहेका छन् । यहा महिला र बालवालिका मैत्री क्वारेण्टाइन र आहारको ब्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले वताउनु भयो । यशोधरा गाउपालिकामा ११५४ जना क्वारेण्टाइमा  रहेका मध्ये २२ जना महिला छन् । वालक १ मात्र छन् । यहापनि धेरै ब्यवस्थित छैन्न क्वारेण्टाइन । दलिल सामाजिक विकास केन्द्र , जागृती बाल सरोकार नेपाल लगायतका सस्थाले  महिला र वालिवलिकालाई सहयोग पुराएको स्वास्थ्य शाखा प्रमुख ज्योती दुबेले वताउनु भयो । 

        कपिलवस्तुको मायादेविमा क्वारेण्टाइनमा रहेका १११५ मध्ये महिला १७ जना छन्। ४ वालिका र २ वालक सहित ६ जना वालवालिका छन् । गर्भवती महिला १ जना छन् । शुद्धोधनमा क्वारेण्टाइनमा रहेका ९०४ जना मध्ये महिला १७ जना रहेका छन् । ३ वालक र ६ वालिका शुद्धोधनका क्वारेण्टाइनमा रहेका छन् । यहा सकेसम्म मिलाएर राख्न खोजिएको स्वास्थ्य शाखा प्रमुख असफाक अहमदले वताउनु भयो । 

        केहि क्वारेण्टाइनमा युएनएफपिएले महिलाका लागि मर्यादाकीट र कालिका र शिद्धार्थ सामाजिक विकास केन्द्रले मास्क ,ग्लब्स ,र सेनीटाइजर लगायतका सामाग्री वितरण गरेका छन् । यता युएनएफपिएका फिल्ड संयोजक चित्र महतोले अहिले सम्म महिलाकालागि मर्यादाकीट ४६ थान र किशोरी कीट १२ थान वितरण गरिएको वताउनु भयो । उहाले मिडियाले उठान गरेका समस्या समाधान गर्न सक्दो पहल गर्ने समेत दावी गर्नु भयो ।

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६