प्रदेश

तस्करी रोक्ने बन हेरालुलाई १ लाख जरिवानाको फैसला



कपिलवस्तु ७  जेठ । कपिलवस्तुको मायादेवि साझेदारी बनको काठ तस्करीमा संलग्नलाई कारवाहीको दायरामा ल्याएका एक बन हेरालुले समाजवाट पुरस्कार पाउनुके बदला १ लाख जरिवाना तिर्नु पर्ने भएकोछ । मायदोवि साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्ष अजिज अहमद खाँँले प्रेसपाटीलाई दिएको जानकारी अनुसार बाणगंगा नगरपालिका वडा नं १० बहादुरपुरका स्थानीय स्वघोषित सामाजिक अगुवाले उक्त एकलाख जरिवाना तोकेर भुक्तानी गर्नेछु भनि बन हेरालु रबिलाल पन्थीलाई तमासुक बनाएको पाइएको वताउनु भयो ।

     यस्तो कोरोना महामारीको बेलामा बनजंगलको गस्ती गरेर काठ तस्कारहरुवाट जंगल जोगाउने बन हेरालुलाई स्थानीयले पुरस्कृत गर्नुको बदला दण्ड गरेको भन्दै न्याय दिलाउन संचार माध्यमले साथ दिनु पर्ने भन्दै अध्यक्ष खाँले अपिल गर्नु भएकोछ।आज विहान ११ वजेको समयमा बहादुरपुर क्षेत्रको जंगलमा सालका रुख ढाली टुक्रा पारेर मोटरसाइकलमा लैजादै गरेको सूचनाका आधारमा बन निरिक्षक ओम विकको नेतृत्वमा गएको टोलीले ३ वटा मोटरसाइकल र २४ घनफीट सालको काठ बरामद गरेको थियो ।

    तस्करहरु भाग्न सफल भएका थिए । तर पछि बहादुरपुरका स्थानीय वासी समेत रहेका  बन हेरालु बन हेरालु रबिलाल पन्थी गाउमा जाँदा स्थानीयले नियन्त्तणमा लिएर १ लाख जरिवाना लिएको खुल्न आएको छ । 

 

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६