प्रदेश

शितगंगा : क्वारेण्टाइनमा ४ हजार पुग्ने अनुमान,सबै वडामा निर्माण तीव्र



अर्घाखाँची ८ जेठ । अर्घाखाँचीको   शितगंगा नगरपालिकाले भारतवाट आएका ४  हजार जनालाई कवारेण्टाइनमा राख्नु पर्ने अनुमान लगाएर तयारी अघि वढाएको छ । विभिन्न चरणमा यति ठूलो संख्या आउन सक्ने अनुमान नगरले गरेको हो । अहिले कोरोना फैलिन सक्ने डरले स्थानिय तहहरुले भारत तथा अन्य स्थान बाट आउनेहरुलाइ धमाधम क्वारेन्टाइनमा राखिरहेका छन । शितगंगा नगरपालिकामा २ महिनाको अबधीमा करिब ५५ जना क्वारेन्टाइनबाट फर्किसकेका छन शितगंगामा अहिले सम्म ४० जनाको आरडिटि र १० जनाको पिसिआर परिक्षण भएको  छ ।

         अहिले बिभिन्न स्थानमा ४६ जना क्वारेन्टिनमा रहेका छन साथै भारत बाट ठुलो संख्यामा शितगंगाबासी आउने तथ्याङक नगरपालिका सँग छ ।  शितगंगा नगरपालिकाका वडा हरुले गरेका तथ्याङक संकलन अनुसार शितगंगा नगरपालिकामा ४ हजार जना सम्म  भारत बाट आउन सक्ने अनुमान गरिएको छ तर क्वारेन्टिन मापडण्डको आधारमा विस्तार गर्न भने बाकीछ ।  ज्योती माबि ठाडामा मात्र प्रहरीले निग्रानी गरिरहेको छ  १२ बेड रहेका त्यहा पानीको समस्या रहेको क्वारेन्टिनमा बस्नेहरुले बताएका छन । खानपिनमा  समस्या नरहेको राम्रो खानाको ब्यवस्थापन भएको त्यहा बस्नेले वताएका छन् । 

        क्वारेन्टिनमा रहेकाहरु लामखुट्टेको जोखिममा रहेको सुत्नै गारो भएको गुनासो गरे पछि नगरपालिकाका उपमेयर टिका रेस्मिीले ब्यतिगत रुपमा त्यहा भएका १२ जना तथा २ जना प्रहरीलाई झुलको ब्यवस्थापन गर्नुभएको थियो ।नगरपािलकामा रहेका अधिकांस क्वारेन्टिनमा रहनेहरुले नास्ताको ब्यवस्था गर्न अनुरोध गरेका छन । २ छाक खानाको भरमा बस्दा सक्रमण भएको भए रोग सँग लड्ने क्षमता कसरी आउछ त्यसैले पनि लागि सकेको भए पनि रोग सँग लड्ने क्षमता बढाएमा मात्र कोरोना बाट बाच्न सकेने भएकोले पनि सरिर नै कमजोरी हुने गरि बस्दा अरु रोगको समेत सक्रमण हुने डर रहेको उनिहरुको गुनासो छ । शितगंगा नगरपालिकाले वडामा रहेका अधिकांस बिद्यालयहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने भएको छ  जस अनुसार अहिले सम्म करिव २५ बिद्यालयमा तयार गरि सकिएको छ ।नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले सरकारले तोकेको बमोजिम क्वारेन्टिनमा रहेका ब्यतिmले १ दिनमा रु १६० खाना खर्च मात्र पाउने बताउनु भयो ।

        तर नगरले सकेसम्म त्यो भन्दा धेरै राम्रो गर्न खोजेको छ । अन्य कुनै सुबिधा नगरपालिकाले उपलब्ध गराउन प्रयसरतछ भन्नु भयो । सामान्य खाजाको  ब्यवस्थापन गर्न नगरपालिकामा छलफल गर्ने प्रतिवद्धता ब्यत्तm गर्नु भयो । साथै क्वारेन्टिनमा नगरपालिकाको लागी जनप्रतिनिधीको लागि बसेको जस्तो ब्यवहार हुने गरेकोले आफ्नो परिवार आफु र समुदायको लागी बसेको सोच बनाउन समेत सबै लाइ अनुरोध गर्नु भयो । यस्तै सम्बन्धित वडाहरुलाई क्वारेन्टिनमा रहेका हरुको हेरबिचारको लागि स्थानिय शिक्षकहरुलाई परिचालन गर्न निर्देशन दिनु भयो ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६