प्रदेश

जिल्लासीलका बीच बिप्लव समुहले गरयो जग्गा कब्जा



कपिलवस्तु १२ जेठ  कपिलवस्तुमा जारी जिल्ला सीलका बीच अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला कपिलवस्तुले साविकको जहदी गा.वि.स वडा नं ७ अर्थात हालको कपिलवस्तु नगरपालीका वडा नं ११ रेहरामा रहेको ३० बिघा जग्गा संगठनको तर्फवाट रोक्का गरेको जनाएको छ ।

         किसान महासंघ जिल्ला समिति कपिलवस्तुका अध्यक्ष गल्फासले एक विज्ञप्ती जारी गर्दै वर्षौदेखि जमिन्दारी गर्दै आएका जमिन्दारहरु रहेका गृजेश सिंह, चन्द्रभान सिंह र अनिल सिंहको करिव ३० विगाहा जग्गा सोहि ठाँउका किसानले जोतभोग गर्दै आएको र २०४७ सालमा त्यहाँका किसानहरु इस्लाम शेख, मोहम्मद अलि शेख, मुहमद मुस्तफा, मनसा जोलहा लगायतले उनीहरुवाट जग्गा किनेको तर अहिले सम्म पास नगरिदिएको भन्दै रोक्का गरेको विज्ञप्ती मार्फत जनाएको हो ।

        जोताहा किसानलाई उचीत पारिश्रमिक नदिई ठगी गरेको, अनाधिकृत रुपमा जग्गाको आम्दानी उपभोग गरेको हुदा पटक पटक संगठनले जग्गा पास गर्न पहल र प्रयास गरेको र कुनै सुनुवाई नभएकोले किसानको हक हितका लागि रोक्का गरेको जनाईएको छ । संगठनको उपस्थिती र सल्लाह विना कामकारवाही नगर्न नगराउन विज्ञप्ती मार्फत भनिएको छ ।  

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६