लुम्बिनी

लुम्विनी प्रादेशिक अस्पतालमा ओपिडी सेवा सुचारु हुँदै



रुपन्देही, १३ जेठ । लकडाउनको दुई महिना बढी समय वितेपछि बन्द भएको लुम्विनी प्रादेशिक अस्पतालको बहिरंग सेवा खुल्ने भएको छ । कोरोना भाइरसको त्रासका कारण नेपालका अधिकांश अस्पतालको ओपिडी सेवा बन्द रहेका बेला बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले भने ओपिडी अर्थात बहिरंग सेवा सुचारु गर्ने भएको हो ।

            बिरामीको चाप र न्यून आय भएका वर्ग उपचारबाट बञ्चित भएको समस्यालाई ध्यानमा राख्दै ओपिडी संचालन गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश नम्बर ५ को राजधानीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही, पाल्पा, गुल्मी, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुमसम्मका बिरामी उपचारका लागि आउने गर्दछन् ।

            सामाजिक दुरी कायम गर्न सकिने गरि एक ओपिडी एक डाक्टरको ब्यवस्थापन गर्न लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर राजेन्द्र खनालले बताउनु भयो ।लुम्बिनी अस्पतालकै संयोजनामा बुटवलमा अर्को कोरोना बिशेष अस्पताल निर्माण भई भेन्टीलेटर र आईसियु सुबिधा सहित संचालनमा आएकाले अस्पतालको ओपिडी संचालन गर्न असहज नहुने डाक्टर खनालले बताउनु भयो । 

            अस्पतालमा छुट्टै ज्वरो क्लिनिकको ब्यवस्थापन गरि ज्वरो आएको अवस्थामा छुट्टै आइसोलेसनमा राख्ने र कोरोना भए नभएको पहिचान पछि मात्र ओपिडी वा बिशषज्ञ सेवा प्रदान गर्नेगरि ब्यवस्था मिलाईएको डाक्टर खनालको भनाई छ ।खनालका अनुसार चिकित्सकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गर्दै परामर्श दिनेदेखि आवश्यक पर्दा जुनसुकै बेला पिपिई वा अन्य साधन श्रोतको उपयोग गरि बिरामीलाई सेवा प्रदान गरिने छ । लुम्बिनी अस्पतालले लकडाउनको बेलामा पनि प्रसुती, डायलासिस र आकस्मीक सेवा भने निरन्तर संचालन गर्दै आएको छ् । प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशीक अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको सुविधा सम्पन्न अस्पतालका रुपमा बिकास गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६