प्रदेश

संविधान संसोधन विधेयक संसदमा पेश गरिने



काठमाडौं , १४ जेठ । नेपाल सरकारले आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने  तयारी गरेको छ । दिउँसो २ बजे बस्ने संसद बैठकमा कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

            लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको छ । संविधान संशोधन विधेयक गत जेठ ९ गते संसद सचिवालयमा दर्ता गरिएको थियो ।

            मन्त्रिपरिषद बैठकले गत जेठ ५ गते लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेसँगै यसको नेपालमा व्यापक प्रसंशा भएको छ । संविधान संशोधनलाई सर्वसम्मत पारित गराउने उद्देश्यले सरकारले मंगलबार सर्वदलीय छलफल समेत गरेको छ ।

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६