ब्रेकिंग न्युज

रुकुम घटना : पीडितले न्याय पाउँछन् : मन्त्री भण्डारी



 रुकुम १५ जेष्ठ । कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताउनुभएको छ । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारले न्याय पाउने मन्त्री भण्डारीले बताउनुभयो । उक्त घटनाले प्रदेश सरकारलाई दुःखित तुल्याएको भन्दै उहाँले त्यसको सत्यतथ्य छानबिन हुने विश्वास व्यक्त गर्नुभयो ।  

        उहाँले भन्नुभयो, “घटनाको सत्यतथ्य छानबिनका लागि नेपाल सरकार गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ । यसको छानबिनका सम्बन्धमा कर्णाली प्रदेश सरकारले आवश्यक समन्वय गरिरहेको छ । घटनाको अनुसन्धानमा सहयोग पु¥याउन र संयमता अपनाउन सम्वद्ध पक्षमा अपिल गर्दछु ।” घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन नेपाल सरकारझैँ प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री भण्डारीले उक्त घटनालाई सम्प्रदायिक नबनाउन र अतिरञ्जित नगर्न सबै सरोकारवालालाई अनुरोध गर्नुभएको छ ।

               उहाँले यस्तो अकल्पनीय घटनामा ज्यान गुमाउने भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा, ११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिकाका टीकाराम सुनार सबैमा हार्दिक श्रद्धाञ्जलि एवं मृतात्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै सशस्त्र प्रहरी बलको जनशक्तिले घटनाको आसपासका क्षेत्रमा बेपत्ताको खोजीकार्य जारी राखेको जनाउनुभएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६