ब्रेकिंग न्युज

१ महिला सहित २३ ले जिते कोरोना,अझै २४७ लडाईको मैदानमा



कपिलवस्तु १९ माघ ।कपिलवस्तु १९ माघ ।कोरोना भाईरस संक्रमण बिरुद्धको लडाईमा कपिलवस्तुका २३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । त्यसरी कोरोना जितेर फर्कनेमा १ महिला र २२ पुरुष रहेका छन् । जस अनुसार यशोधराका ५ जना,कपिलवस्तु नगरपालिकाका ८ जना ,कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिकाका ३र ३ जना रहेका छन् ।निको भएर फर्कनेमा विजयनगरका १ जना बुद्धभूमीका २ जना र शिवराजका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको विवरणमा उल्लेख छ ।  

        यता कोरोना विरुद्धको लडाइमा सामान्य स्वास्थ्य अवस्थाका बीच कपिलवस्तुका २४७जना विभिन्न अस्पताल र आइशोलेशनमा उपचाररत छन् । उपचारका क्रममा रहेका मध्ये १३ महिला र २३४ जना पुरुष छन् ।  जस मध्ये यशोधरा गाउँपालिका एक्लैका ९५ जना उपचाररत छन् ।आईतबारसम्म जिल्लामा कुल २ सय ७० जनामा कोरोनाको संक्रमण भेटिएको छ । संक्रमण बढि भेटिएकामा यशोधरा गाँउपालिकाका १ सय जना, महाराजगंज नगरपालिकाका ४७ जना, कृष्णनगर नगरपालिकाका ३५ जना, कपिलवस्तु नगरपालिकाका २८ जना र बिजयनगर गाँउपालिकाका १६ जना छन । मायादेवी गाँउपालिकामा १५ जना, बाणगंगा नगरपालिकाकामा १२ जना, बुद्धभुमी नगरपालिकामा ८ जना, शिवराज नगरपालिकामा ७ जना र शुद्धोधन गाँउपालिकामा २ जनामा संक्रमण पुष्टी भैसकेको छ ।

         १० वटै स्थानिय तहमा निर्मित क्वारेटाइनमा अहिले ४ हजार ८ सय २ जना रहेका छन । त्यसै गरि संक्रमण भेटिएका २ सय ७० मध्ये १८ जना निको भएका हुन् । संक्रमित मध्ये ३३ जना बुटवल र दाङ्गको आईशोलेशनमा उपचाररत रहेका छन भने २ सय २२ जना जिल्लाका बिभिन्न स्थानिय तहमा निर्मित आईशोलेशनमा रहको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको तथ्याङ्कमा  उल्लेखछ ।यता स्वाव संकलन गरेर नतिजाको प्रतिक्षमा  १५४० जना  रहेका छन् । जस मध्ये महाराजगंजमा ४०२ जना , यशोधरामा  २०६ जना , बुद्धभूमीमा १९० जना ,बाणगंगामा २५१ जना ,कृष्णनगरका १५० जना नतिजाको पर्खाइमा  रहेका छन् । यसैगरी मायादेवी गाउँपालिकाका ८०,शुद्धोधनका ६७,बिजयनगर गाउँपालिकाका ६० जना ,कपिलवस्तु नगरपालिकाका ५० जना र तौलिहवा अस्पतालवाट स्वाव संकलन गरिएका १४ जना नतिजाकै पखाईमा रहेको कपिलवस्तु अस्पतालका कोरोना फोकल पर्सन कुमार थापाले प्रेसपाटीलाई जानकारी दिनु भएको छ । 

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६