मनोरञ्जन

सीमा विवाधले चर्चित अभिनेत्री कोइराला नेपालमा



भैरहवा, २१ जेठ । अभिनेत्री मनीषा कोइराला मङ्गलबार रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नु भएको छ । कोइरालाका परिवारिक सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि  काठमाण्डौ प्रस्थान गर्नु भएको हो । 

        भारतबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र  परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । नेपाल–भारत लिपुलेक, कालापानी, लिप्पियाधुरा सीमा विवाद चर्किरहेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा कोइरालाको प्रशंसा भइरहेको छ ।

         कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आउनु भएको थियो । भारतीय मिडियाहरुले अभिनेत्री कोइरालाका विषयमा लिएर अनरगल प्रचार गरेका थिए । भारतीय मिडियाहरुले कोइरालालाई तुच्छ आरोप समेत लगाउन पछि परेका थिएनन् ।

            भारतले कालापानी क्षेत्र समेटिएको नक्सा सार्वजनिक गरेपछि त्यसप्रति आपत्ति जनाउँदै नेपालले वार्ताको प्रस्ताव गरेको थियो। तर भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेर उद्घाटन गरेको सार्वजनिक गरेपछि नेपालको असन्तुष्टि थप चुलियो ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६