प्रदेश

यूवा—बिद्यार्थी नेताको क्वारेण्टाइन प्रेम , घृणा त्यागौ सदभाव बाँडौ



कपिलवस्तु २१ जेठ ।  कोरोना माहामारीको  हट स्पटका रुपमा देखा परेको कपिलवस्तुका क्वारेण्टाइनमा बसेकाहरुलाई विभिन्न सुरक्षा र पौष्टिक आहारका आइटमहरु उपलब्ध गराइएको छ । तरुण दल र नेविसंघ क्षेत्र नं १ कपिलवस्तुले बाणगङ्गा ३ गौरी भवानी मावि भक्तौलिमा रहेको क्वारेन्टाइनमा बसेकालाई एक कार्यक्रमका बिच सहयोग गरेको छ।क्वारेन्टाइनमा बसेकालाई सबैले अपहेलनाको दृस्ठिले हेर्ने र घृणाको ब्यवहार गर्ने कार्यलाई चुनौती दिन यो  बेलामा उनिहरु बसेको क्वारेन्टाइनमा पुगि उनिहरुको आत्मबल बढाउन र  हौसला प्रदान गर्न सामान सहित क्वारेण्टाइन पुगको आयोजकको भनाइछ ।


नेविसंघ र तरुण दलको टिमले उनिहरुलाई प्रत्येकलाई झुल,बाल्टिन,मग साबुन र मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ भने वडा कार्यालय मार्फत उनिहरुलाई नै चामल, दाल,नुन र तेल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको तरुण दलका नगर सचिव प्रबिन पौडेलले बताउनुभयो।


कार्यक्रममा बोल्दै नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले समाजमा आफ्नो घर भनेर बाहिरबाट आउने तर तिनिहरुलाइ समाजमा रहेकाले गलत दृस्ठिले हेर्ने गरेको येस्तो बेलामा हामिहरु उनिहरु सङ्ग खुसी साटनु पर्छ भन्दै आत्मबल उच्च बनाउन लागि सहयोग गरेको बताउनु भयो।उनिहरुको पनि बाच्न पाउने अधिकार रहेको र उनिहरुको स्वास्थ्यमा खेलवाड गर्न नहुने बताउदै आफुहरु लागि परेको पोख्रेलले बताउनु भयो।       

येस्तै तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले जिल्लामा क्वारेन्टाइन ब्यवस्थित बनाउन सबै लाग्नुपर्ने र ब्यवस्थित  बनाएर उनिहरुको स्वास्थ्यमा खेलवाड गर्न नहुने भन्दै उनिहरुको स्वास्थ परिक्षण तत्काल गराउनुपर्ने र उनिहरुको मनोबल उच्च राख्नुपर्ने त्यसैका लागि आफुहरु लागि परेको बताउनुभयो।सरकार कतै चुकेको त हैन भन्दै हामिहरु सबै आफ्नो आफ्नो ठाउबाट लागेमा उनिहरुको ब्यवस्थापनमा सहज हुने बताउनुभयो।


कार्यक्रममा नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल ,तरुण दल क्षेत्रीय सभापति तिलक थापा नेपाली कांग्रेसका नेता बिष्णु प्रसाद न्यौपाने,इन्द्रमणी पौडेल, वडा नं ३ का वडा अध्यक्ष सन्तराम रौतार, नगरकार्यपालिका सदस्य योगनाथ सुनार,तरुण दलका दिपक घिमिरे,प्रबिन पौडेल नेका वडा सभापति खिमानन्द पाण्डे नेका नेता राजन पाण्डे,कृष्णदेव पोख्रेल लगायतको उपस्थितिमा क्वारेन्टाइनमा बसेकालाई प्रत्येकलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो। सो सामाग्री हस्तान्तरण गरेपछि वडा अध्यक्ष सन्तराम रौतारले यो बेलामा कोहि स्थानीय तह वाहेक अरु कसैले क्वारेन्टाइन ब्यवस्थापन गर्न ध्यान दिन नसकिरहदा आफ्नो वडाको क्वारेन्टाइन ब्यवस्थापनमा सहयोग गरिएकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६