गण्डकी

हावा हुरीले रुख ढल्दा गैँडा म¥यो



चितवन, २१ जेठ ।  चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढल्दा एउटा गैंडा मरेको छ । रुखले  लागेर राष्ट्रपति ताल क्षेत्रमा गैँडा मरेको हो ।  निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गएको सोमबार आएको हावाहुरीपछि ढलेको रुखले गैँडा मरेको अनुमान गरिएको छ । 

        गैँडा रुखले थिचेको अवस्थामा आज मात्र फेला परेको हो । मृत फेला परेको गैडा वयस्क पोथी गैँडा हो । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगती र दुर्घटनाबाट मर्ने गैँडाको सङ्ख्या २६ पुगेको छ । ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुनसक्ने भन्दै अप्रेसन गर्न लागिएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६