चितवन, २१ जेठ । चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढल्दा एउटा गैंडा मरेको छ । रुखले लागेर राष्ट्रपति ताल क्षेत्रमा गैँडा मरेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गएको सोमबार आएको हावाहुरीपछि ढलेको रुखले गैँडा मरेको अनुमान गरिएको छ ।
गैँडा रुखले थिचेको अवस्थामा आज मात्र फेला परेको हो । मृत फेला परेको गैडा वयस्क पोथी गैँडा हो । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगती र दुर्घटनाबाट मर्ने गैँडाको सङ्ख्या २६ पुगेको छ । ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुनसक्ने भन्दै अप्रेसन गर्न लागिएको छ ।
प्रतिक्रिया