कपिलवस्तु , २२ जेठ ।जिल्लामा २४ जना कोरोना संक्रमित अलपत्र परेको सुचना आयो । फोनबाट जानकारी लिदै समाचार वनाउदै थिए । अकस्मात फोनको घण्टी वज्यो । बुद्धभुमी नगरपालिका स्वास्थ्य शाखा प्रमुख डोर विक्रम बेल्वासेको फोन थियो । ‘सर रिपोर्ट आयो र ’ मैले सोधे । ‘अलग्गै वस्नु कसै संग नछोएर वस्नु । ’ बेल्वासे सरको जवाफ आयो । मैले वुझे मेरो रिपोर्ट पोजेटिभ आएछ , भित्रबाट एक्कसी तरंग आयोे । दिमागले एक छिन काम गरेन । मनमा पिडा महसुस हुदै थियो, तर मुहार हसिलो वनाउन खोज्दै थिए । अव हास्नुको विकल्प छैन । मन दरीलो वनाई श्रीमतीलाई भने ‘मेरो कपडा बाहिर निकाल है रिपोर्ट पोजेटिभ आयो । ’
म कोरोना संक्रमित पत्रकार साथीको नजिकको सम्पर्कमा आएको थिए । उनलाई कोरोना भएको थाहापाए पछिबाट अलग वसेको थिए । म संग नजिक भएका सवै साथीहरुलाई जानकारी समेत गराएको थिए । त्यही भएर पनि होला मेरो श्रीमतिको मनोवल उच्च भए जस्तो लाग्यो । जेन तेन समाचार पुरा गरे । प्रेसपाटी अनलाइन, थाहा खवर, र रेडियो वुद्धआवाजमा मेल गरे । त्यस पछी पत्रकार साथीहरुलाई जानकारी दिए
आईसोलेशन भेटयाउनै समस्या :
प्रदेश सभा सदस्य विष्णु पन्थीले तपाई वुटवल जानुस कुरा भई सक्यो भन्नुभयो । म मेरो वाईक लिएर घर बाट निस्कीए । घरबाट म ३ वजे तिर निस्कीएको थिए । घरमै मलाई तिर्खा लागेको थियो । तर के गर्ने पानी खान तिर ध्यान गएन । बाटोमा पानी कसरी किन्ने त्यो पनि भएन । ४ वजे तिर म वुटवल आएको थिए । करिव २ घण्टा भनसुन गरे । म नगरपालिकाको पत्र विना भित्र छिर्न नपाउने भए । मैले बुटवलका पत्रकार मित्रहरु संग गुनासे गरे । उहाहरुको पहल पछी वल्ल भित्र छिर्न पाइयो । भित्र आउदा मनमा डर लागीरहेको थियो । मनलाई सम्हाल्न अनेक प्रयास गरेको छु ।
फोनले गिरायो मनोवल :
पहिलो दिन मेरो मनोवल घटाउने साधन भनेको फोन थियो । मलाई मन्त्रीलाई आउने भन्दा वढी फोन आए जस्तो लाग्छ । सवैले एउटै कुरा दोहोराएर गर्ने गरेका थिए । मनोवाल उच्च वढाउ । तातो पानी टन्न खानु । त्यही शव्दले दिमागमा हतास ल्याइरहेको थियो । जसले पनी एउटै कुरा गर्ने । फोनको तनाव बाट मुक्त हुन चाहन्थे । स्विच अफ गरु घरकाले चिन्ता गर्ने डर नगरु मानसिक दवाव ।
अनुभवको उर्जा :
म बाणगंगा नगरपालिकाका कोरोना पोजेटिभ एक वडा अध्यक्षको नजिक छेउको कोठा मैले पाए । कोठामा वसे पछि मैले पठाएको समाचार प्रेसपाटी अनलाइन र थाहाखवरमा प्रकाशन भएको हेरें । मनलाई सम्हाल्न मैले धेरै प्रयास गरे । कतिवेला गित सुन्ने, वाहिर हेर्ने, वडा अध्यक्ष दाई संग अनुभव शेयर गर्ने गरे. । तर जती वेला फोन कल आउथ्यो मेरो मनमा फेरी मर्ने हो की बाचिने भए सुरु हुन्थ्यो । राती परिवार संग गफ गर्दै भुसुक्क निदाएको रहेछु । अनुभव सुन्दा आत्मवल वढेको महसुस भयो । दोस्रो दिनबाट मेरो सोच म भित्र रहेको कोरोनाको भय कसरी हटाउने भन्ने थियो । त्यसैले मैले विहान ६ वजे उठेर कसरत र योग गर्न सुरु गरे । ध्यानमा जोड दिन सुरु गरे । वढी समय गफगाफमा विताउन सुरु गरे । समाचार लेख्ने गित सुन्न तिर लागे ।
तापमान घटदाको त्यो क्षण :
हामीलाई तापक्रम मापनका लागी एउटा डिजिटल थर्मोमिटर दिएको छ । तापक्रम जाच गर्दा मेरो तापक्रम ९५.४ को आसपासमा देखियो । अव झनै डर लाग्न सुरु भयो । मेरो शरीरको तापमान कम छ । त्यसैको आसपासमा तापमान देखाउदा कतै मरिन्छ की भन्ने आशंका आउन सुरु भयो । मन थरथर कापेको महसुस भएको छ । टाउको गरुङ्गो भएको अनुभव भएको छ । कसरी तापमान वढाउने मनमा कौतुहलता सुरु भयो । त्यो दिन मैले ५ लिटर जती पानी खाए । साझको तापमान ९७.२ मा आयो । अनी मन एकै पटक हलुंगो भयो । त्यसपछी मैले वेसार, जुवानो, गुर्जो अदुवा र कागती पानीमा राखी धेरै मात्रामा खान सुरु गरे अहिले मेरो शरीरको तापमान सन्तुलन भएको छ ।
दुई दिनपछिको बदलाव :
सुरुका २ दिन मरिन्छकी भन्ने डरले सताएको थियो । तेस्रो दिन देखि यहाको वातावरणमा घुलमिल भईयो । सवैजना स्वस्थ रहेछन् । कसैलाई कुनै लक्षण देखिएको थिएन । हामी सवै नाच्ने , खेल्ने , सामाजिक दुरी वनाएर गफ गर्ने अनुभव साटासाट गर्ने गरेका थियौ । अनुभव आदन प्रदानले कोरोना रोग होईन रहेछ भन्ने मानसिकता वस्यो । अव समाजमा भएको कोरोनाको भय कसरी हटाउन सकिन्छ भन्ने कल्पना आउन लाग्यो । फेसवुकमा भिडीयो वनाउने , पोष्ट गर्ने रेडियोमा अन्र्तवार्ता दिदा कोरोना केही होईन रहेछ भन्ने सन्दश दिन सुरु गरे। कपिलवस्तुको बुद्ध आवाज रेडियोमा मैले दिएको अन्तर्वाता सुनेपछि धेरैले राम्रो प्रतिकृया जनाए ।
हामी रोगी होईनौ योगी हौ :
सवैले हामीलाई कोरोनाको रोगी हो भन्छन् । हामीलाई रोग भएको जस्तो अनुभव भएको छैन । हामी यहा एक जना ८ वर्षिय वालिका सहित २१ जना वसेका छौ । यहा घरमा जसरी वसेका छौ । अस्पतालको जस्तो बसाई पनी छैन । कसैलाई पनि रोगी भएको अनुवभ भएको छैन । हामी नियमित व्याम गर्छौ । खेल खेल्ने गर्छौ । योग गर्ने गरेका छौ । त्यसैले हामी रोगी नभई योगी हौ जस्तो लाग्छ । यहाँ रहेका संक्रमितलाई हेर्दा लाग्छ की कोरोना हाम्रो समस्या होईन जस्तो लाग्छ । कोरोना समस्या हुन्थ्यो भने हामीलाई शारीरिक पिडा भएको महसुस हुने थियो । कोरोनाले भन्दा पनी मानसीक पिडाले हामीलाई केही दिन सतायो । यहा रहेकासंग कुरा गर्दा सुरु सुरुमा मरिन्छ की भन्ने डर थियो भन्छन । तर अहिले त्यो डर कती पनि नरहेको वताउछन ।
तातो पानी खाऔं कोरोना भगाऔं :
अहिले हामी सवैले तातोपानी खाने गरेका छौ । बेला बेलामा वेसार, गुर्जो, कागती, अदुवा पानीमा राखेर चिया वनाएर खाने गरेका छौ । शाकाहारी भोजन खान्छौ । फलफुल, काक्रा नियमित रुपमा खाने गरेका छौ । सन्तुलित आहार, तातोपानी र गुर्जोको चियाले हामीलाई तन्दुरुस्ती राख्न सहयोग पुगेको छ । हामीले नकारात्म कुरा गर्न छाडेका छौ । बरु खाली समय गित सुन्ने, परिवार संग कुराकानी गर्ने , खेल खेल्ने गरी विताएका छौ । नकारात्मक कुरा सोच्ने फुर्सद नदिएर हामीले आफुलाई कोरोनाको भयबाट मुक्त बनाएका छौ । (एन्फा बुटवलको आईसोलेसनवाट)
प्रतिक्रिया