अर्थ-वाणिज्य

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन



कैलाली, २ असार

जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई जीविकोपार्जन चलाउन पुगोस् भन्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । यस कार्यक्रमबाट साना किसान लाभान्वित भएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीले धनगढी, गोदावरी, गौरीगङ्ग, टीकापुर लम्कीचुहा नगरपालिका र जोशीपुर, बर्दगोरीया, जानकी, र मोहन्याल गाउँपालिका गरी नौ स्थानीय तहका १६ वटा भैँसीपालक समूहलाई रु दुई करोड २५ लाख रकम अनुदान उपलब्ध गराइएको वरिष्ठ पशु विकास अधिकृत तथा प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिनुभएको हो । छनौट भएका १६ वटा समूहलाई रु १७ लाख ४१ हजारको दरले अनुदान उपलब्ध गराइएको छ । भँैसीपालन समूहलाई च्यापकटर (घाँस काटने मेसिन), दाना पिस्ने मेसिनलगायत औजार पनि वितरण गरिएको छ ।

प्रकाशित : २ असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६