ब्रेकिंग न्युज

व्यापारीलाई कर तिर्नका लागि ऋण दिनुस : रायमाझी



काठमाडौं २५ जेठ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले व्यापारीलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्री डा युवराज खतिवडालाई आग्रह गरेका छन् ।आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सरकारले लकडाउनको अवधिमा समेत कर तिर्न गरेको आग्रहप्रति ब्यङ्ग्य गर्दै भने, ‘अर्थमन्त्रीले ऋण खोजेर भए पनि कर तिर भन्नुभएको छ । आज ती ब्यापारीहरुलाई ऋण दिनुहोस् अर्थमन्त्रीज्यू, त्यसको जमानी म बसुँला ।

            त्यसो गरे कसो होला ?’ब्यापारीहरुलाई सहज वातावरणमा काम गर्न दिए मात्र राजस्व बढी उठ्ने उनले बताए ।सांसद रायमाझीले अर्थमन्त्री खतिवडाले व्यापारिक घरानासँग साँठगाँठ गरेर विद्युतीय गाडीमा कर बढाएको र चकलेटमा घटाएको आरोप लगाए । ‘उहाँको संलग्नता देखिन्छ । विशाल ग्रुप, जो विराटनगरकै व्यापारी हुन् अग्रवालहरु । तिनको गाडी यति सय विद्युतीय गाडीहरु आउँदैछ भन्ने भएपछि ‘भित्रिएपछि भन्सार बढाउने ?’ उनले भने, ‘सरकारको एउटा चकलेटमा १० प्रतिशत छुट गराउँदा ३० करोड भन्दा बढी फाइदा हुन्छ । उसले जुन चिज आयात गर्छ त्यसमा बढाइएको छैन, घटाइएको छ । संलग्नता देखिन्छ ।’

खर्च विवरण चाहियो

                  सांसद रायमाझीले कोरोना भाइरसको रोकथाम, न्युनीकरण र उपचारमा भएको खर्चको विवरण माग गरेका छन् । ‘कोरोनाको उपचारमा १० अर्ब रुपैयाँ भन्दा बढी भइसक्यो भनिरहेको छ । ५ लाख भन्दा बढीको कारोबार गर्दा बोलपत्र आह्वान गर्ने खरिद नियमावलीमा छ । खर्च भयो भनेर मात्रै पुग्यो कि जनताले पनि थाहा पाउने हो ? ’ रायमाझीले प्रश्न गरे । कोरोनाको उपचारमा खर्च भएको भनिएको रकम जनताले कर तिरेको पैसा भएको उल्लेख गर्दै उनले भने, ‘त्यो पैसाको हिसाब खोज्ने अधिकार यो सदनलाई छ । त्यसको फेहरिस्त आओस् ।’

               कोरोना कोषमा २ अर्ब ४० अर्ब रुपैयाँ भन्दा बढी जम्मा भएको र त्यसमा कांग्रेसले ५० लाख बढी जम्मा गरेको उल्लेख गर्दै उनले कोरोना कोषको रकमबारे आफूहरु र जनताको चासो हुनु स्वाभाविक भएको र खर्चको विवरण सरकारले दिनुपर्ने बताए ।

स्रोत : अनलाईन खवर 

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६