तौलिहवा २५ जेठ । कपिलवस्तुमा एक बैंकका म्यानेजरलाई पनि कोरोना संक्रमण देखिएको छ । तौलिहवाले पठाएको स्वावको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परिक्षणमा तौलिहवाको एक बैंकका म्यानेजरलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएको हो ।उहासंगै ६५ जनाको स्वाब संकलन गरिएकोमा १ जनाको मत्र नतिजा पोजेटिभ आएको गुप्ताको भनाइछ । यो संगै वित्तिय क्षेत्रमा पहिलो संक्रमण देखा परेको हो । आइतबार अपरान्ह सम्म संक्रमित हुनेको संख्या कपिलवस्तुमा ५ सय २३ पुगेको छ ।
२५ जेष्ठ २०७७, आइतबार
प्रतिक्रिया