काठमाडौं, २८ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा दैनिकजसो वर्षा भए पनि अहिल्यै मनसुन भने भित्रिएको छैन । सामान्यतया नेपालको पूर्वी भूभागमा आजकै दिन अर्थात् जुन १० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने महाशाखाले जनाएको छ ।
मनसुन सुरु नभए पनि महाशाखाले आज पनि देशका विभिन्न भूभागमा वर्षा भइरहेको जनाएको छ । नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले आज पनि देशका केही भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
शाखाका अनुसार अहिले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ का सबै भू–भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी स्थानहरुमा र प्रदेश २ का पश्चिम तिरका स्थानहरुमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया