ब्रेकिंग न्युज

विपदमा महराजगञ्जको साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सैतिस लाख सहयोग



कपिलवस्तु १६ भदौं

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले सैतिस लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
महाराजगञ्ज नगरपालिका नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकिय अधिकृत हिमाल गौतमद्धारा एक सार्वजनिक अपिल जारी गर्दै बाढी तथा विपद्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहको उल्लेख गरिएको छ ।

नगरपालिकाले संकटको समयमा अलपत्र तथा विपद्मा परेका नागरिकको शीघ्र खोज, उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्यका लागि आग्रह गरेको छ। साथै प्रभावित नागरिकको निःशुल्क उपचार तथा सुरक्षित स्थानान्तरणमा समेत आवश्यक सहयोग गर्न सरोकारवाला निकायलाई अपिल गरिएको छ।
नगरपालिकाका अनुसार नगरपालिकाका जनप्रतिनिधि, कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीका तर्फबाट एकमुष्ट सैतिस लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो।

नगरपालिकाले विपद् कुनै व्यक्ति, परिवार वा क्षेत्रको मात्र समस्या नभई सामूहिक सरोकारको विषय भएकाले मानवीय संवेदनाका साथ सहयोगमा जुट्न सबैलाई आग्रह गरेको छ।
बाढीपहिरो जस्ता विपद्का बेला सरकारी निकायसँगै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी तथा नागरिक समाजले हातेमालो गर्नुपर्ने सन्देश समेत नगरपालिकाको निर्णयले दिएको छ। संकटमा परेका नागरिकलाई तत्काल राहत र उद्धार उपलब्ध गराउनुका साथै आगामी दिनमा विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि यस घटनाले पुनः उजागर गरेको छ।

प्रकाशित : १६ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६