बिजनेस

रुपन्देहीमा श्रृंखलाबद्ध हत्या , पुन बञ्चरो प्रहारवाट एकको विभत्स हत्या



रुपन्देही २८ जेठ । रुपन्देहीमा ५ जनाको समुहिक हत्या भएको २४ घण्टा बवित्दै  पुन बञ्चरो प्रहारवाट अर्के एकको हत्या  भएको छ ।  रुपन्देहीको कन्चन गाउपालिका वडा नं १ कुचेरामा १७ बर्षिय एक किशोरको हत्या भएको छ ।गए राती घरमा सुतिरहेको १७ बर्षिय छोरालाई बन्चरो प्रहार गरी हत्या गरेको स्थानीय दिनेश घिमिरेले वताउनु भयो ।

    गए राती करिव एक बजे आसपास सुति रहेको छोरा सुदिप कुमाललाई बावु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी घाईते बनाएको र उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको वडा सचिव बिर्ख पुलामीले बताउनु भयो ।४८ बर्षिय बावु रिम बहादुर कुमाले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताएका छन । स्थानीयका अनुसार मृतक चैतको पहिलो साता भारतबाट फर्केका थिए ।बन्चरो प्रहार गर्ने बावु रिम बहादुर प्रहरी नियन्त्रणमा रहेको बताईएकोछ 

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६