पर्यटन

लम्कीचुहाकी अशक्त किशोरीको सेनाद्वारा उद्धार



भैरहवा ३२ जेठ ।  बुवाको मृत्यु भएपछि आमा अर्कैसंग जाँदा सन्तानको अवस्था के हुन्छ ? यस्तै पीडामा परेकी एक किशोरीलाई नेपाली सेनाले उद्धार गरेको छ ।  त्यतिमात्र कहाँ हो र प्यारालासिस रोगवाट ग्रसित भएर शरीरको कम्मर भन्दा तल्लो भाग नचल्ने ती किशोरीलाई एम्बुलेन्सवाट सेनाले घर पठाएको छ । कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर ९ स्थायी घर भै बुवा आमासंग भारतको हरियानामा रहेकी वर्ष १६ की सीता भुललाई नेपाली सेनाको गरुडदल गण बुटवलले सीमा नाका बेलहियावाट उद्धार गरि निजको घर पठाएको हो । 

        यही जेठ २९ गते सीमानाका बेलहिया आएकी ती किशोरीलाई नेपाली सेनाको गाडीवाट नेपाली सेनाको भैरहवामा रहेको प्रतिमा निमा कलेजको होल्डिङ एरियामा राखिएको थियो ।होल्डिङ क्षेत्रवाट नेपाल रेडक्रस सोसाईटी र युनिसेफ नेपालको समन्वयमा एम्बुलेन्स खोजी ती किशोरीलाई कैलाली जिल्लाको घर पठाईएको नेपाली सेनाले जनाएको छ । बुवा आमासंग भारतमा बस्दै आएकी ती किशोरीका बुवाको मृत्यु भएपछि आमा अकैसंग पोइल गएकीले वाध्य भएर कम उमेरमै सीताले रोजगारी गर्नु परेको थियो ।

        रोजगारीका सिलसिलामा उनलाई प्यारालासिस भएको र साहुले जागिरवाट निकाली दिएको उनले उद्धारमा संग्लन नेपाली सेनालाई बताएकी थिईन । कोरोना माहामारीको समयमा लकडाउनले गर्दा ४ महिनादेखि प्यारालासिस रोगवाट ग्रसित भएकी ती किशोरी भारतमा अलपत्र जस्तै भएकी थिईन । 

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६