प्रदेश

कपिलवस्तुको प्रहरी उपरिक्षकमा अधिकारी



कपिलवस्तु २ असार । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको  मध्ये कपिलवस्तुमा नवराज अधिकारीले जिम्मेवारी पाउनु भएको छ । सरुवा भएका मध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्।सोमवार राती गरेको सरुवा सुची अनुसार ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा डम्वर बिकको सरुवा भएको छ । भने त्यहा कार्यरत मधुसुधन लुईटेल प्रहरी प्रधान कार्यालयको जनसम्पर्क शाखामा राखिएको छ । लुईटेललाई चौतर्फी सहज बातावरण हुदा पनि कामगर्न नसकेको आरोप लाग्दै आएको थियो । उनका ब्याजीहरुको प्रमोसन हुदा उनी छुटेका थिए । 

        प्रहरी प्रधान कार्यालय अनुसार पाल्पामा दिपक खरेल, बाँकेमा ओमबहादुर राणा,  इलाममा नवीनराज राई, उदयपुरमा भीमबहादुर दाहाल, मोरङमा सन्तोष खड्का, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट , भक्तपुरमा तारादेवी थापा, र गोरखामा सुरेन्द्रबहादुर गुरुङले जिम्मेवारी पाएका छन्।त्यसैगरी कास्कीका दान बहादुर कार्की प्रहरी प्रधान कार्यालय बिशेष ब्युरोमा पुगेका छन भने कास्कीमा जीवनकुमार श्रेष्ठको सरुवा भएको छ । महोत्तरीमा टीकाबहादुर केसीले जिम्मा पाएका छन् ।त्यस्तै, पुर्वी नवलपरासीमा दीपक रेग्मी, तनहुँमा अरुण पौडेल, सिरहामा उमाशंकर पंजियार, धनकुटामा गोविन्द अधिकारी र डोटीमा डोटीमा जनकराज पाण्डेयले जिम्मा पाएका छन्।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६