प्रदेश

लकडाउनपछि पहिलो पटक बाणगंगाका पसल आज खुल्दै :अध्यक्ष पौडेल



कपिलवस्तु ३ असार उद्योग वाणिज्य संघ कपिलवस्तुले वाणगंगा नगरपालीका भित्र संघीय सरकारको निर्देशन अनुसार व्यापार व्यवसाय बुधवारवाट नियमित संचालन गर्न आग्रह गरेको छ ।संघका अध्यक्ष उमानाथ पौडेलले यस अघि प्रशासन कार्यालयले गरेको सूचना अनुसार सामाजिक दुरी कायम राखि पसल र व्यवसायहरु संचालन गर्न आग्रह गर्नु भएको हो । लकडाउन यता पहिलो पटक यसरी विहानै  देखि पसलहरु खुल्ने भएका हुन् । मंगलवार सम्म  विहान ११ वजे देखि २ वजे सम्म पसल खोल्ने गरि निर्णय गरि सूचना आह्वान गरेको थियो । 

        सरकारको निर्णयलाई कार्यान्व्यन गरि सोहि अनुसार नियमित रुपमा पसल संचालन गर्न आग्रह गरेको अध्यक्ष पौडेलले वताउनु भयो । कोरोना संक्रमण उच्च भएका जिल्लाहरुमा लकडाउन कायमै राख्ने भनेर निर्देशन जिल्लामा केहि नआएको हुदा आधारभूत अवश्यकताका पसलहरु खोल्दा यस अघि समयअबधी तोकिएको भएपनि अव विहानै देखि साझ सम्म खोल्न पाउने गरि व्यवसायीहरुले कार्य गर्न आग्रह गर्नु भएको हो । तर सामाजिक दुरी कायम गरेर ब्यापार गर्ने सुनिश्चितता सम्वन्धित पसलधनीले मिलाउनु पर्ने उहाँको भनाई रहेको छ ।  

प्रकाशित : ३ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६