जीवनशैली

१८ बर्षिय बालिकाले जन्माइन क्वारेण्टाइन मै शिसु



प्यूठान ९ असार । प्युठानको एक क्वारेन्टिनमा बसेकी वालिकाले शिशु जन्माउनु भएको छ । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नु भएकी १८ वर्षीया सीता खड्काले छोरा जन्माउनु भएको हो । क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा लगिएको थियो । स्वास्थ्य केन्द्रमै  सुत्केरी  भएको  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनु भयो । बालविवाह गरेकी आमा र शिशु दुवैको स्वास्थ्यावस्था  सामान्य रहेको जनाइएको छ ।

        खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बस्नुभएको थियो । यता कोरोना भाइरस सङ्क्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीय जेष्ठ नागरिकले कोरोना जित्नुभएको छ । लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका –१ का वृद्ध कोरोना जितेर घर फर्कनुभएको हो । गत जेठ २० गते भारतबाट आई बंगलाचुली १ स्यूजाको क्वारेन्टिनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उहाँसहित दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

नतिजा पोजेटिभ आएपछि उहाँ कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना हुनुभएको थियो । कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ उहाँले वताउनु भयो । 

 

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६