प्रदेश

कञ्चन : ७१ करोड बढी बजेटमा खास के के छ ?



कञ्चन ११ असार  । रुपन्देहीको कञ्चन गाउपालिकाको  सभावाट ७१ करोड बढीको आगामी बर्षकालागि बजेट पारित भएको छ । उपाध्यक्ष गोमा तरामुले कञ्चन गाउपालिको आगामी बर्ष २०७७/०७८ को लागि करिव रु ७१ करोड ८८ लाख ४५ हजार रुपैयाको बजेट सार्बजनिक गर्नु भएको हो । प्रस्तुत वजेटमा  चालु खर्च तर्फ रु १२ करोड १७ लाख ३० हजार पुंजिगत खर्च रु २३ करोड  ८० लाख ६५ हजार रुपैया , संघीय सरकारको शसर्त अनदुान कार्यक्रम खर्च रु २० करोड १७ लाख शसर्त अनुदान  समाबेश छ ।

    यस्तै प्रदेश सरकारको कार्यक्रम खर्च रु १ करोड ४८ लाख ५० हजार, संघीय सरकार सामाजिक सरुक्षा भत्ता अनदुान रु ११ करोड, जनताको लागत सहभागीता बापतको रकम रु १ करोड ५० लाख र प्रधानमन्त्री रोजगार कार्र्यक्रम अन्तर्गत रु १ करोड ७५ लाखगरी जम्मा व्यय तर्फ रु ७१ करोड ८८ लाख ४५ हजार हुने अनमुान गरिएको छ । विनियोजन बिधेयक २०७७ सार्बजनिक गर्नु भएको छ। कञ्चन गाउपालिकाको सातौं गाउसभा तथा बर्षे अधिबेशनमा उपाध्यक्ष तरामुले “समद्धृ नेपाल ससखी नेपाली”, “समृद्ध प्रदेश खसुी जनता”, र “सखुी र खुसी कञ्चवासी” भन्ने नारालाई आत्मसात गर्दै कोभिड १९ को प्रभावलाई अवसरको रुपमा उपयोग गरी रोजगारीको अवसरहरु सृजना गरी आत्मनिर्भर गराउन आ।ब। ०७७/७८ को बिनियोजन बिधेयक प्रस्तुत गरिएको हो ।

    कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले सातौं गाउसभा तथा बर्षे अधिबेसन आगामी बर्ष २०७७र०७८का लागि बजेट सार्बजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनवासीको बर्षैं देखिको अब्यबस्थित बसोबासीहरुको समस्या सामान हुने बर्षको रुपमा आगामी बर्ष २०७७र०७८ हुने जानकारी गराउनु भएको छ।देशभरका एक सय स्थानिय पालिकाहरु मध्ये रुपन्देहीको कञ्चन गाउपालिकामा आगामी बर्ष अब्यबस्थित बसोबासीले भोगचलन गर्दै आएको जमिनको नाप नक्सा हुने र जग्गाधनी पुर्जा हातमा परी भोगाधिकार प्राप्त हुने उल्लेख गर्नु भएको छ। चुनावको समयमा निर्वाचित जनप्रतिनीधिहरुले जग्गाधनी पुर्जा उपलब्ध गराउने गरेको बाचा आगामी बर्ष पुरा हुने बताउदै अध्यक्ष क्षेत्रीले अब्यबस्थित बसोबासीहरुले भागचलन गर्दै आएको जग्गा नाप नक्सांकनका लागि बजेटको ब्यबस्थापन गरिएको समेत जानकारी गराउनु भएको छ। यस्तै कोभिड १९ ले पारेको प्रभावले गर्दा आगामी बर्षको बजेटमा भौतिक पुर्वाधार बिकासतर्फको बजेटमा कटौती गरिएको भएपनि चालु आ।ब।का क्रमागत र समपुरक बजेटका कार्यहरुलाई भने निरन्तरता हुने बताउनु भएको छ ।

     कञ्चन गाउपालिका उपाध्यक्ष गोमा तरमुले प्रस्तुत गर्नु भएको बजेटको मुख्य उद्धेश्य कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरण गर्ने, पशुपालन व्यवसायलाई व्यवसायिकरण गर्ने, रोजगारी सृजना गर्ने कार्यक्रम संचालन गर्ने, घरेलु तथा साना उद्योगीलाई प्रवद्र्धन गर्ने, लसंजचत क्षेरको ववस्तार गरी उत्पादन वृद्धि गर्ने, उत्पादनमा आधारित अअनुदानलाई प्रभावकारी रुपमा लागु गर्ने,शुन्य व्याज वा कम व्याजमा ऋण उपलब्ध गराउने नीति अवलम्बन गर्ने जस्ता उद्धेश्यहरु बिनियोजन बिधेयकमा उल्लेख गरिएका छन ।

        बिशेषगरी बैदेशिक रोजगारमा गएका तर कोभिड १९ बाट प्रभाबित भई राृजगार गुमाएर स्वदेश फर्किएका युवाहरुलाई लक्षित गाउपालिकाको नीति तथा कार्यक्रम बमोजिम उत्पादन सामग्रीमा अनदुान दिन प्रदेश सरकारको समन्वयमा रु २० लाख रुपैया र “एक स्थानीय तह एक उत्पादन कार्यक्रम” सञ्चालन गर्न प्रदेश सरकारको सहयोगमा रु १७ लाख बजेट विनियोजन गरिएको छ।

प्रस्तुत बजेट कृषि तर्फ बढी लक्षित रहेको छ भने शिक्षा,खेलकुद,स्वास्थ्य क्षेत्रमा पनि सन्तोष जनक सम्बोधन गरिएको भएपनि प्रयाप्त नभएको बताइएको छ ।आगामी बजेटले कोभिड १९ को सम्भाबित संक्रमणलाई रोकथाम र न्युनिकरण गर्न खर्च ब्यबस्थापन थप सतर्कताका लागि स्वास्थ्य र शिक्षा तर्फ अनि कोभिड १९ का कारण रोजगार गुमाएर स्वदेश फर्किएका युवाहरुलाई स्वरोजगार बनाउन, कृषि उत्पादनमा प्रोत्साहन गराउन बिशेष अनुदान सहितको कृषिमा बजेट ब्यबस्थापन गरिएकोले भौतिक पुर्वाधार बिकास तर्फ कम प्राथमिकता परेको भएपनि क्रमागत तथा समपुरक बजेट ब्यबस्थापन गरी केही भौतिक पुर्वाधारका कार्यहरु पनि गरिने भएको छ ।        कोभिड १९ ले पारेको प्रभावलाई न्यूनिकरण गरी रोजगारी सजृना गर्न कृषि व्यवसायमा ६० प्रतिशत अनुदानमा सामग्री वितरण कार्यक्रम सञ्चालन गर्न बजेट बिनियोजन गएिको छ।यस्तै गाउँपालिकाको ६० प्रतिशत अनुदानमा कञ्चन ५ मा उन्नत जातको बोका वितरणको लागि रु ५ लाख बजेट ब्यबस्था गरिएको छ। यसैगरी व्यवसायिक रुपमा पशुपालन व्यवसायमा संलग्न कृषकहरुलाई बर्षे तथा हिउँदे घासँ को विउ वितरणको लागि रु ८लाख रुपैया बजेट बिनियोजन गरिएको छ भने वडा नं ४ लाई मेवा खेतीको हव बनाउन र मेवा खेतीलाई निकासी गरी आय आर्जन वृद्धि गर्न मेवा खेती प्रवद्धन गर्नको लागि रु।५ लाख बजेट गहँको विउ वितरलाई निरन्तरता प्रदान गर्न कृर्षकहरुसँगको साझेदारीमा वितरण कार्य सञ्चालन गर्न रु १२लाख रुपैया बजेट बिनियोजन भएको छ । कञ्चनको खेतीयोग्य जमिनमा सिंचाई बिस्तार गर्न ५१ लाख ७५ हजार बिनियोजन भएको छ।

        यस्तै खानेपानी तथा सरसफाईको क्षेत्रमा पनि सम्बोधन गरिएको छ ।जस अन्तर्गत खानेपानी संरचना निर्माण तथा व्यस्थापनको लागि रु १४ लाख रुपैया र सरसफाईका लागि १७ लाख १५ हजार रुपैया बिनियोज भएको छ।यसैगरी कोभिड १९ को कारण विदेशका बिभिन्न स्थानबाट फर्केका कञ्चनवासीहरुको उद्दार, उपचार, क्वारेन्टाइन व्यवस्थापन, अन्य प्रकोपबाट हुने क्षति न्यूनिकरण, रोकथाम तथा निगरानीका लागि रु  ४२ लाख रुपैया,संघीय सरकारबाट प्राप्त हुने बजेटबाट कमी हुने अनमुान गरी निशुल्क रुपमा उपलब्ध हुने औष्ृाधी आम कञ्चनवासीहरुले सहजरुपमा प्राप्त गरुन भन्ने उद्देश्यले थप बजेटको व्यवस्था हुने भएको भने महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको कदर गर्दै खाजा खर्चलाई निरन्तरता र यातायात खर्च वापत वार्षिक २ हजार दिने व्यवस्थो ब्यबस्था गरिएको छ ।

        यस्तै शिक्षकहरुको क्षमता विकास गरी प्रबृद्धि बनाउनको लागि रु। ५ लाख रुपैया, यवुा वर्गलाई लक्षित गरी अनुशासित तथा जेहेन्दार नागरिक उत्पादन गर्ने उद्धेश्यले कञ्चन शैक्षिक सप्ताह, अध्यक्ष कप खेलकुद कार्यक्रम खेलकुद प्रशिक्षण र सामग्री वितरणको लागि रु १६ लाख रुपैया, शिक्षण पेशालाई ममर्यादित, व्यवस्थित एवं स्वउत्प्ररेरत बनाउनको लागिशिक्षण सुधार डायरी वितरणको लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको छ भने स्थानीय पाठ्यक्रम निर्माण गरी स्थानीय स्तरमा रहेका महत्वपुर्ण क्षेत्रहरुलाई पाठ्यक्रममा समावेश गर्न आवश्यक बजेटको व्यवस्था मिलाइने भएको छ । त्यस्तै सामदुायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि सेनटेरी प्याड व्यवस्थापनको लागि रु। ३६ लाख ७६ हजार बजेट बिनियोजन गरिएको छ।

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६