बुटवल, १२ असार । यस क्षेत्रका उदीयमान कलाकार दिपक परियारले आत्महत्या गरेका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा बस्दै आएका परियार शुक्रवार विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए । गुल्मीको दरबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा बस्दै आएका परियारलाई आफ्नै श्रीमतिले घरको कोठामा रहेको सिलिङ्ग पंखामा झुण्डिएको अवस्थामा देखेपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो । तर उनलाई चिकित्सकहरुले मृत घोषणा गरिदिए ।
कान्छी बजारमा रहेको आफ्नो श्रीमतीका दिदी भिनाजुको घरमा बस्दै आएका ३२ वर्षिय दिपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य समेत रहेका छन् । विहिबार मात्रै नयाँ गीत रेकर्ड गराएको उनका आफन्तले बताएका छन । पछिल्लोसमय तराईमा आत्महत्याका घटना लगातार बढिरहेका छन ।
प्रतिक्रिया