जीवनशैली

कपिलवस्तुमा कोरोनाको त्रास हट्दै , बजारमा चलहपहल ,जवजीवन सामान्यकृत



कपिलवस्तु १३ असार कोरानाको त्रासले सुनसान वनेको कपिलवस्तुमा चहलपहल सुरु भएको छ ।कोरोना संक्रमित थप हुनेको संख्या न्यून हुँदै गए पछि र आइसोलेसन खाली हुन लागे पछि मानिसहरू घरबाट निस्कन सुरु गरेका छन् । अहिले कपिलवस्तुका प्रमुख व्यापारिक स्थलमा मानिसहरूको आवत जावत चलेको छ । जन जिवन सामान्य बन्दै गए पछीे सदरमुकाम तौलिहवा, जितपुर, चन्द्रौटा, गोरुसिङ्गे लगायतका मुख्य व्यापारिक स्थलमा मानिसहरूको भिड जुट्न लागेको छ ।

        जिल्लाका सदरमुकाम तौलिहवाका मुख्य चोकमा प्राय भिडभाड नै हुन्छ । लामो समय देखी घर भित्र बसेका लकडाउन खुले पछि निस्कन सुरु गरेका छन् । बजारका अधिकांश पसलहरू खोलिएका छन् । जिल्ला भित्रका मानिस समेत आउन सुरु भएको छ । बजार गर्न आउने मानिसहरूले मास्क नलगाउँदा तौलिहवामा जोखिम समेत बढ्न लागेको छ । मास्क लगाउन कसले अनुरोध गर्ने हो सरोकारवाला सबै चुप लागेर बसेको व्यापार संघका अध्यक्ष गोपी कृष्ण शर्माले बताउनु भयो ।

        शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा लकडाउन अगाडीको झल्को दिने गरी चल पहल भएको छ । हाटबजार र सार्वजनिक बस चलेको छैनन् अरू सबै संचालनमा आएका छन् । कृष्णनगर चन्द्रौटा क्षेत्रमा रहेका १ सय बढी उद्योगहरू संचालनमा आएका छन् । दैनिक ३ सय बढी मालवाहक ट्रक चल्न लागेको स्थानीय समाजसेवी महादेव पोख्रेलले बताउनु भयो ।

        यता बाणगंगा नगरपालिकामा बजार र उद्योगहरू संचालनमा आएका छन् । राजमार्गमा सवारी साधन गुड्न लागे पछि बुद्धभुमी नगरपालिकाको गोरुसिङ्गे बजारको होटलहरु समेत संचालन हुन लागेका छ । सुनसान वनेको कपिलवस्तुमा रौनकता छाएको छ ।

            जिल्लामा संक्रमित थपिने कम भए पछि मानिसहरू आवत जावत गर्न सुरु भएको छ । अहिले यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिकाका सबै कोरोना संक्रमित डिस्चार्ज भई सकेका छन् । शुद्धोधन गाउँपालिकामा २ जना बुद्धभुमी नगरपालिकामा ५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा अव १ सय ३६ कोरोना संक्रमित आइसोलेसनमा छन् । कुल ७२९ मध्ये संक्रमितमा मध्ये ५ सय ९२ डिस्चार्ज भई घर फर्किएका  छन् ।

प्रकाशित : १३ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६